१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

नेपालगन्ज सिमानाका बन्द हुँदा भारतबाट आएका २५० बढी नेपाली सिमामा अलपत्र

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

(महेन्द्र सिंह)
बाँके नेपालगन्जको जमुनहा नाका पारी रुपईडिहामा भारतबाट करिब २५० बढी नेपाली आएका छन् ।
भारतमा मजदुरी गरेर उनीहरु नेपाल फर्किएका हुन् । आइतबारदेखि नेपालगन्ज सिमा नाका बन्द भएका कारण उनीहरु नेपालगन्ज आउन पाएका छैनन्।
उनीहरु आज बिहान २ बजे सिमा पुगेको र छिटोभन्दा छिटो व्यवस्थापन गरिदिन उनिहरुले आग्रह ईलाका प्रहरी कार्यालय जमुनहालाई आग्रह गरेका छन ।
यहाँ २५० बढी नेपाली भारतबाट आएका छन् तर सिमा बन्द कारण उनीहरुलाई ल्याउन नसकिएको जमुनहा प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक माधब रिजाले भने।
‘मैले ठुलो संख्यामा सिमामा नेपाली आइपुगेको बारेमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई जानकारी गराएको र यस बारेमा पहल भइरहेको’ रिजाले बताए।
रिजालका अनुसार भारतबाट आएका नेपालीहरुलाई चाउचाउ र पानीको ब्यबस्थापन गरिएको छ।यता बाँके सशस्त्र प्रहरी प्रमुख एसपी दिपक अधिकारी उनीहरुलाई कसरी ल्याउने र स्वास्थ्य जाँच गराउने भनेर छलफल भइरहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]