२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालगन्ज सिमानाका बन्द हुँदा भारतबाट आएका २५० बढी नेपाली सिमामा अलपत्र

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

(महेन्द्र सिंह)
बाँके नेपालगन्जको जमुनहा नाका पारी रुपईडिहामा भारतबाट करिब २५० बढी नेपाली आएका छन् ।
भारतमा मजदुरी गरेर उनीहरु नेपाल फर्किएका हुन् । आइतबारदेखि नेपालगन्ज सिमा नाका बन्द भएका कारण उनीहरु नेपालगन्ज आउन पाएका छैनन्।
उनीहरु आज बिहान २ बजे सिमा पुगेको र छिटोभन्दा छिटो व्यवस्थापन गरिदिन उनिहरुले आग्रह ईलाका प्रहरी कार्यालय जमुनहालाई आग्रह गरेका छन ।
यहाँ २५० बढी नेपाली भारतबाट आएका छन् तर सिमा बन्द कारण उनीहरुलाई ल्याउन नसकिएको जमुनहा प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक माधब रिजाले भने।
‘मैले ठुलो संख्यामा सिमामा नेपाली आइपुगेको बारेमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई जानकारी गराएको र यस बारेमा पहल भइरहेको’ रिजाले बताए।
रिजालका अनुसार भारतबाट आएका नेपालीहरुलाई चाउचाउ र पानीको ब्यबस्थापन गरिएको छ।यता बाँके सशस्त्र प्रहरी प्रमुख एसपी दिपक अधिकारी उनीहरुलाई कसरी ल्याउने र स्वास्थ्य जाँच गराउने भनेर छलफल भइरहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!