२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

सोमबार राति१२ बजे पछी बाँकेमा जनता कर्फ्यु लाग्ने…

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

(एबिसी क्राइम ब्युरो)
जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार देखी जनता कर्फ्यु लगाउने भएको छ । लकडाउनलाई अवेज्ञा गर्दै स्थानियहरु बाहिर निस्कीएको भन्दै प्रशासनले जनता कर्फ्यु लगाउने घोषणा गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अनावश्यक रुपमा भईरहेको हिडडुललाई नियन्त्रण गर्न जनता कर्फ्यु लगाउनुपरेको बताए । जनता कर्फ्युको समयमा बाहिर हिड्ने जोकोहीलाई प्रहरीले बल प्रयोग गर्न सक्ने भएकाले सबैलाई घरभित्रै सुरक्षित बस्न समेत खड्काले आग्रह गरेका छन ।
विश्वबयापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिम कम गर्ने भन्दै यसअघि नेपालगन्ज र कोहलपुरलाई लकडाउन गरीएको थियो । यद्यपी लकडाउनको समयमा समेत सवारी साधन तथा स्थानियको चहलपहल कम नभएपछि जनता कर्फ्यु लगाउने निर्णय गरीएको बाँकेका सशस्त्र प्रहरी प्रमुख एसपी दिपक अधिकारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दार्चुला । नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको छ । आज (मंगलबार) राति १० बजेर ३८ मिनेटमा भारतको उत्तराखण्डलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालको पश्चिमी सीमावर्ती जिल्ला दार्चुलाबाट करिब १०० किलोमिटर […]

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]