२१ मंसिर २०८०, बिहिबार
07-12-2023 , Thu
×

साउदी अरबमा कफ्र्यूको घोषणा…

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

साउदी अरबमा सोमबार बेलुकादेखि देशभरि कफ्र्यूको घोषणा गरिएको छ। स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि लागू हुने कम्पनी आगमी २१ दिनसम्म कायम रहने अधिकारीहरूले जानकारी दिएका छन्। साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज साउदले सोमबार दिउँसो तीनदिने कफ्र्यू आदेशको घोषणा गर्न भएको जनाइएको छ । उहाँले कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यूको घोषणा गर्न परेको स्पष्ट पार्नुभएको छ । साउदी राजा सल्मानले जनहितका लागि कफ्र्यू पालना पूर्णरूपमा गर्न पनि आह्वान गर्न भएको छ । राजाको तर्फबाट राजदरवारले जारी वक्तव्यमा गरेको कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्नेतर्फ उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । खाडी मुलुक साउदी अरबमा सोमबारसम्म ५११ जना सङ्क्रमित भेटिएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई भने कफ्र्यू आदेश लागू नहुने वक्तव्यमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । केन्यामा अल निनो वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा ४६ जनाको मृत्यु भएको हो । हजारौँ विस्थापित भएका छन् । सबैभन्दा बढी पभावित क्षेत्रहरू उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वीमा माकुएनी, कितुई पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन् । केन्या सरकारले गारिसा, कितुई ताना नदी नामक तीन काउन्टीहरूमा […]

  (ABC-Sanchar) काठमाडौं । हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ । इजराइली र प्यालेस्टिनी अधिकारीहरूले गाजा सहरको अल–शिफा अस्पतालमा सैन्य कारबाही भइरहेको बताएका छन् । इजराइल डिफेन्स फोर्स (आइडिएफ) […]

  (ABC-Sanchar) काठमाडौं । अमेरिकी सेनाले पूर्वी भूमध्यसागरमा भएको हेलिकप्टर दुर्घटनामा आफ्ना पाँच सैनिकको मृत्यु भएको जनाएको छ । अमेरिकी सेनाका अनुसार यो हेलिकप्टर नियमित प्रशिक्षण अभ्यासका क्रममा इन्धन भर्ने क्रममा दुर्घटनामा परेको थियो । इजरायल र हमासबीच युद्ध सुरु भएदेखि नै अमेरिकाले यस क्षेत्रमा आफ्नो गतिविधि बढाएको छ। सामाजिक सञ्जाल साइट ‘एक्स’ मा श्रद्धाञ्जली […]