११ चैत्र २०८१, मंगलबार
25-03-2025 , Tue
×

कोरोना कारण इटाली र स्पेनको अवस्था गम्भीर

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

जेनेभामा कोरोना भाइरसको सङ्क्रमण शुरु चीनको हुबे प्रान्तको उहान शहरबाट भएको थियो । चीनमा कैयौं दिनसम्म एकै दिन एक सयभन्दा बढीको मृत्यु भएको थियो । एकाएक चीनमा यस्तो भयावह स्थितिबाट नियन्त्रण पायो । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या निकै कम हुँदै गयो । चीनमा हाल कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २८७ पुगेको छ । हिजो यो सङ्ख्या तीन हजार २८२ रहेको थियो । यसैगरी यस रोगबाट यहाँ ८१ हजार २८५ जना सङ्क्रमित रहेका छन् । हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण सात हजार ५०३ जनाको मृत्यु भएको छ । हाल ७४ हजार ३८६ जना सङक्रमित रहेका छन् । यस भाइरसबाट स्पेनमा एक दिनमा थप ७३८को मृत्यु भएपछि यस कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ६४७ पुगेको हो । ब्रिटेनका राजकुमार चाल्र्समा पनि कोरोनाभाइरस सङ्क्रमण देखा परेको छ । त्यसैगरी स्पेनकी उपप्रधानमन्त्री कार्मेन काल्भोलाई पनि भाइरस सङ्क्रमण देखिएपछि अस्पताल लगिएको समाचारमा जनाइएको छ । स्पेनमा खासगरी राजधानी म्याड्रिड सबैभन्दा बढी प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको जनाइएको छ । स्पेनमा पनि लकडाउन गरिएको छ । केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन् । त्यहाँका सांसदहरूले देशमा लगाइएको आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पु–याउन मतदान गरिने भएको छ । विश्वभरिको हालसम्म चार लाख ७१ हजार ८०२ कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोभिड–१९ बाट २१ हजार २९७ ले ज्यान गुमाएका छन् । तर एक लाख दश हजार भने उपचारपछि निको भएर फर्किएका छन् । भारतभरि कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ६७० नाघेको छ । भारतमा आजसम्म कोभिड–१९ बाट १३ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमणको सङ्ख्या बढ्दै गएपछि त्यहाँ देशभरि लकडाउन गरिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ २१ दिनको लकडाउन घोषणा गर्नु भएको छ । गत मङ्गलबार राति प्रधानमन्त्री मोदीले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्नु हँुदै मध्यरातबाट लागु हुने गरी आगामी २१ दिनसम्म लकडाउन जारीको घोषणा गर्नु भएको थियो । “तपाइँहरूलाई घरबाहिर निस्कन पूर्ण बन्देज हुनेछ, यसलाई लक्ष्मण रेखाको रुपमा नै मान्नु पर्नेछ” प्रधानमन्त्री मोदीले सो सम्बोधनमा भारतीय नागरिकलाई आग्रह गर्दै भन्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

मंगलबार बिहान चीनको सिचाङ तिब्बतमा गएको भूकम्मा परी ५३ जनाको मृत्यु काठमाडौं । चीन क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार भूकम्पमा थप ३८ जना घाइते भएका छन्। मृत्यु भएकाहरु सबै तिब्बतकै रहेको जनाइएको छ। आज बिहान स्थानीय समय अनुसार बिहान ९:०५ बजे सिजाङ प्रान्तको सिगात्छेस्थित डिङ्ग्री काउन्टीमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको […]

error: Content is protected !!