०४ आश्विन २०८३, आइतबार
20-09-2026 , Sun
×

कोरोना भाइरस अमेरिका र चीन मिलेर परास्त गर्ने

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिँया समकक्षी सि जिंगपिंग सँग कोरोना भाइरसबारे कुराकानी गरेका छन्। राष्ट्रपति ट्रम्पले एक ट्विटमार्फत विश्वभर फैलिएको भाइरसबारे समकक्षी सि सँग विस्तृतमा कुराकानी गरेको उल्लेख गरेका छन्। उक्त भाइरसलाई परास्त गरेको चीनसँग मिलेरै अगाडी जाने ट्रम्पले बताएका छन्। ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरस भन्दै आएका थिए। उक्त अभिव्यक्तिका कारण चीनले उनको आलोचना गर्ने गरेको थियो। तर, पछिल्लो कुराकानी सँगै दुईदेशबीचको असमझदारी अन्त्य भएको ठानिएको छ। चिनियाँ सञ्चारमाध्यमले पनि ट्रम्पसँग राष्ट्रपति सिको कुराकानी भएको उल्लेख गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]