२१ आश्विन २०८१, सोमबार
07-10-2024 , Mon
×

अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो..

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

विश्वकै सबैभन्दा शक्तिशाली मुलुक अमेरिका कोरोना भाइरसको सबैभन्दा ठूलो केन्द्र बनेको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना भाइरसका १८ हजार ६ सय ९१ जना नयाँ संक्रमित फेला परेका छन् भने एकै दिन ४ सय जनाको ज्यान गएको छ। यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ४ हजार १२६ पुगेको छ भने मृत्यु हुनेको संख्या १६ सय ९५ पुगेको छ। अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या सबैभन्दा प्रभावित मुलुक चीन र इटाली भन्दा बढी हो। कोरोना भाइरसको उद्गम स्थल मानिने चीनमा ८१ हजार ३ सय ९४ जना संक्रमित भएका छन् भने इटलीमा ८६ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टी भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा सोमबार दिनभर समस्या आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिक समस्यामा परेका हुन् । फेमिसको ‘सर्भर डाउन’ भएर कार्यालयबाट हुने काम ठप्प हुँदा वैदेशिक रोजगारीमा जानका लागि टिकट काटेर बसेकाहरू श्रम स्वीकृति नपाउँदा समस्यामा परेका छन् । विदेश जानेहरू श्रम स्वीकृतिका लागि बिहानदेखि ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमै […]

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

error: Content is protected !!