०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

कोरोनाबाट मृत्यु हुने ३० हजार साढे ६ लाख बढी संक्रमित..

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीबाट विश्वका १९९ देश प्रभावित बनेका छन्। यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३० हजार ८ सय ७९ जनाको मृत्यु भएको छ भने ६ लाख ६३ हजार ७४० जना संक्रमित बनेका छन्। विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा अन्य देशको तुलनामा एकै दिन कोरोना भाइरसको संक्रमण दोब्बरले बढेको छ। शनिबार मात्रै अमेरिकामा १९ हजार ३ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् भने ५ सय १५ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा अहिलेसम्म ज्यान गुमानेको संख्या २ हजार २११ पुगेको छ भने १ लाख २३ हजार ४९८ जना संक्रमित रहेका छन्। अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा ठूलो केन्द्र इटाली बनेको छ। शनिबार मात्रै इटालीमा ८ सय ८९ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ७४ जना नयाँ संक्रमित फेला परेका छन्। यो सँगै इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २३ पुगेको छ भने ९२ हजार ४७२ जना संक्रमित भएका छन्। अहिले चीनमा कोरोनाको संक्रमण मत्थर भइसकेको छ। चीनमा शनिबार कोरोना भाइरसबाट ३ जनाको मृत्यु भएको छ भने ५४ जना नयाँ संक्रमित फेला परेका छन्। यो सँगै चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार २९५ पुगेको छ भने ८१ हजार ३ सय ९४ जनामा संक्रमणको पुष्टी भएको छ। त्यस्तै कोरोनाबाट ठूलो क्षति पुगेको चौथो देशमा स्पेन रहेको छ। स्पेनमा शनिबार मात्रै ८४४ जनाको मृत्यु भएको छ भने ७ हजार ५१६ जना नयाँ संक्रमित फेला परेका छन्। यो सँगै स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ भने ७३ हजार २ सय ३५ जनामा संक्रमणको पुष्टी भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!