प्रकशित मिति : १६ चैत्र २०७६, आईतवार १०:५४

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीबाट विश्वका १९९ देश प्रभावित बनेका छन्। यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३० हजार ८ सय ७९ जनाको मृत्यु भएको छ भने ६ लाख ६३ हजार ७४० जना संक्रमित बनेका छन्। विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा अन्य देशको तुलनामा एकै दिन कोरोना भाइरसको संक्रमण दोब्बरले बढेको छ। शनिबार मात्रै अमेरिकामा १९ हजार ३ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् भने ५ सय १५ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा अहिलेसम्म ज्यान गुमानेको संख्या २ हजार २११ पुगेको छ भने १ लाख २३ हजार ४९८ जना संक्रमित रहेका छन्। अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा ठूलो केन्द्र इटाली बनेको छ। शनिबार मात्रै इटालीमा ८ सय ८९ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ७४ जना नयाँ संक्रमित फेला परेका छन्। यो सँगै इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २३ पुगेको छ भने ९२ हजार ४७२ जना संक्रमित भएका छन्। अहिले चीनमा कोरोनाको संक्रमण मत्थर भइसकेको छ। चीनमा शनिबार कोरोना भाइरसबाट ३ जनाको मृत्यु भएको छ भने ५४ जना नयाँ संक्रमित फेला परेका छन्। यो सँगै चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार २९५ पुगेको छ भने ८१ हजार ३ सय ९४ जनामा संक्रमणको पुष्टी भएको छ। त्यस्तै कोरोनाबाट ठूलो क्षति पुगेको चौथो देशमा स्पेन रहेको छ। स्पेनमा शनिबार मात्रै ८४४ जनाको मृत्यु भएको छ भने ७ हजार ५१६ जना नयाँ संक्रमित फेला परेका छन्। यो सँगै स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ भने ७३ हजार २ सय ३५ जनामा संक्रमणको पुष्टी भएको छ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2023 AbcSanchar.com
error: Content is protected !!