२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

श्रीलंका कारागारमा रहेका तीन हजार जनालाई रिहा

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

कोलम्बो कारागारमा रहेका झण्डै तीन हजार जनालाई श्रीलंका सरकारले रिहा गरिदिएको छ ।
अत्यधिक भिड रहेका र कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने खतरा देखेर उनीहरुलाई रिहा गरिएको अधिकारीहरुले जनाएका छन् ।
कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भन्दै श्रीलंकामा गत मार्च २० तारिखदेखि देशव्यापी कफ्र्यू लगाइएको छ । श्रीलंकामा अहिलेसम्म कोरोना भाइरसबाट १६६ जना संक्रमित भएका छन् भने अरु पाँच जनाको मृत्यु भइसकेको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यका अनुसार गत मार्च १७ देखि अहिलेसम्म जेलमुक्त हुनेमा दुई हजार ९६१ जना रहेका छन् ।
श्रीलंकाका अधिकांश कारागारमा वास्तविक क्षमताभन्दा बढी कैदीबन्दी राख्ने गरिएकाले रिहा गरेर कटौती गरिएको अधिकारीहरुले जनाएका छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!