२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न प्रहरीले गोली चलायो

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७


झापा नेपालतर्फ प्रवेश गर्न खोज्ने भारतीय नागरिकलाई रोक्ने क्रममा झापामा प्रहरीले हवाइ फायर गरेको छ । गएराति झापा गाउँपालिका– ४ स्थित सुकुम्वासी बस्ती नजिकैवाट एक सय भन्दा बढी भारतीय नागरिक जर्वजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले गोली चलाएको हो ।
नेपाल छिर्न खोज्नेले सुरक्षाकर्मीलाई आक्रमण प्रयास गरेपछि दुई राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले गोली चलाएपछि भारतीय नागरिक त्यहाँबाट भागेको बताइएको छ ।
जवर्जस्ती नेपाल र्छिन खोज्ने दुई जनालाई सशस्त्र प्रहरीले रोकेपछि उनीहरु गाँउले भेला गरेर सीमा क्षेत्रमा आएपछि तनाव भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!