२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

पूर्वसभामुख महराद्वारा संचारकर्मी सुरक्षाकर्मी स्वास्थकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

सागर थापा
दाङ जेठ २२ पूर्वसभामुख कृष्णबहादुर महराले दाङका सञ्चारकर्मी सुरक्षाकर्मी स्वास्थकर्मीहरु लगाएतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएकाे छ ।
दाङका प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजाल दाङ जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द राष्ट्रिय अनुसन्धान दाङ प्रमुख टेकराज तिमिल्सिना लगाएत सुरक्षा प्रमुख मार्फत १० हजार मास्क र एक सय थान पिपिई हस्तान्तरण गर्नुभएकाे हाे ।
साे स्वास्थ सामग्री राप्ती स्वास्थ प्रतिष्ठान राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, स्थानीय तह र जाेखिममा रहेर काम गर्ने सुरक्षाकर्मीलाई उपलब्ध गराइने छ ।
त्यसैगरी महराले नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम र दाङ शाखा अध्यक्ष सविन प्रियासन मार्फत सञ्चारकर्मीहरुलाई एक हजार तीन सय थान मास्क प्रदान गर्नुभएकाे छ । उक्त मास्क घाेराही, तुलसीपुर र लमही क्षेत्रका सञ्चारकर्मीलाई प्रदान गरिने दाङ जिल्ला अध्यक्ष प्रियासनले जानकारी दिनुभयाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दार्चुला । नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको छ । आज (मंगलबार) राति १० बजेर ३८ मिनेटमा भारतको उत्तराखण्डलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालको पश्चिमी सीमावर्ती जिल्ला दार्चुलाबाट करिब १०० किलोमिटर […]

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]