१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

बाँकेमा बजार खोल्ने निर्णय फेरि रद्द गरिएको छ

Logo
प्रकाशित शनिबार, जेठ २४, २०७७

महेन्द्र सिंह
बाँके जेठ २५ जिल्ला प्रशासन बाँकेले जिल्लामा निषेधाज्ञा र लकडाउन पुन कडाइ गर्दै । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आलोपालो पसल व्यवसाय सञ्चालन गर्न पाउने गरी जारी गरेको निर्णय फेरि रद्द गरेको छ ।
मंगलबार उद्योगी व्यवसायी एवं सर्वपक्षीय बैठकका आधारमा प्रशासनले आलोपालो पसल व्यवसाय सञ्चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । निर्णयपछि बिहीबार र बिहान बाँकेमा पसल, व्यवसाय खुले । तर आलोपालो पसल सञ्चालन गर्नेमात्र होइन सर्वसाधारणले भीडलाई व्यवस्थापन गर्न नसकेपछि प्रशासनले उक्त निर्णय रद्द गरेको जनाएको छ ।
प्रशासनले बुधबारको निर्णय खारेज गरी जेठ २१ गतेभन्दा अघिकै अवस्थामा अत्यावश्यक सेवा सूविधाबाहेक अन्य क्षेत्र बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बजार, पसलमा सर्वसाधारणको उपस्थिति र स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल कार्यान्वयन नभएपछि पूर्व निर्णय खारेज गर्नुपरेको बताए ।
अझ लकडाउन खुकुलो पारेकै दिन बिहीबार नेपालगन्जमा २ र नेपालगन्जसँगै जोडिएको जानकी गाउँपालिकामा ४० जना नयाँ संक्रमित फेला परे भने बाँके जिल्लामा कोरोनाबाट १ जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]