१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

नेपालमा लकडाउन खुकुलो हुदै असारदेखि लामो दुरीका सवारी साधन सञ्चालन हुनसक्ने

Logo
प्रकाशित शनिबार, जेठ २४, २०७७

एबिसी संचार
काठमाडौँ कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले लकडाउनको स्वरुप परिवर्तनसहितको खाका तयार पारेको छ। यद्यपी उक्त प्रस्ताव र मोडलबारे छलफल भने जारी नै छ।
उक्त प्रस्ताव कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल गरेर मन्त्रिपरिषद बैठकमा पठाउने तयारी भएको छ। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले उक्त प्रस्ताव विभिन्न सरोकारवालाहरुसँग छलफल गरेर तयार पारेको हो।
कोरोना संक्रमणका आधारमा जिल्लालाई छुट्याएर ५ देखि ६ चरणमा लकडाउन पूर्ण रुपमा खोल्न सकिने गरी योजना समेटेर खाका तयार पारिएको छ। उक्त खाका अनुसार जेठ २५ गतेदेखि ७० दिनभित्र पूर्ण रुपमा लकडाउन खोल्न सकिने उल्लेख छ ।
यो योजना अन्तर्गत कोरोना भाइरस संक्रमण अत्यन्त कम देखिएका जिल्लाहरुमा जिल्लाभित्रै सवारी साधन सञ्चालन गर्न सकिने छ भने असार १ बाट लामो दुरीका यातायात सञ्चालन गर्ने प्रस्ताव छ।
तर, यी सवारी सञ्चालनका लागि निश्चित शर्तहरु लागू हुनेछन्। ती सर्तहरु के के हुने भन्नेमा भने सरोकारवालाहरुबीच छलफल जार िगरेको स्रोतले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!