३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

नेपालगन्जमा टिकटकले लियो युवाको ज्यान

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

महेन्द्र सिंह बाँके नेपालगन्जमा एक युवाको तलाउमा डुबेर मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं १ धम्बोझीका अन्दाजी बर्ष २० का भोला भन्ने बिष्णु गोडियको सोमबार साँझ जानकी गाउपलिका वार्ड न ३ इन्द्र्पुर गाउको नारायण तलाउ टिकटक बनाउने क्रममा डुबेर मृत्यु भएको हो ।
स्थानियहरुको भनाइ अनुसार ३ जना युवाहरु नारायण तलाउ नजिकै टिकटक बनाइसकेपछि तलाउमा पौडी खेल्दै गर्दा ३ जना युवा मध्य भोला उर्फ बिष्णु गोडियको तलाउमा डुबे र मृत्यु भएकोहो ।
उपमहानगरपालिका वार्ड न १ धम्बोझीका अन्दाजी बर्ष २० का भोला भन्ने बिष्णु गोडिय लगायत ३ जना टिकटक बनाउन गएका थिए ।
३ जना युवाक मध्य एकजना युवा तलाउमा पौडी खेल्न हामफल्दा एकजना युवा डुब्न् थालेपछी बिष्णु गोडिय साथिलाइ बचाउनको लागि तलाउमा डुबेको बताइएको छ । बिष्णु डुबि सकेपछि संगै भएका साथिहरुले हल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेको बाँके प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिए।
त्यसपछी प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा साझ ८ बजे युवालाई निकालेर पोस्टमार्टमको लागि नेपालगन्ज भेरी हस्पिटल पठाइएको वडा अध्यक्ष बिन्दुस्वारी बर्माले जानकारी दिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

error: Content is protected !!