३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

कोहलपुर मेडिकल कलेज सिल

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

एबिसी संचार
बिरामीमा कोरोना संक्रमण देखिएपछि कोहलपुर मेडिकल कलेज सिल
नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल क्षेत्र सिल गरीएको छ । सोमबार अछामबाट उपचारकालागि कोहलपुर ल्याईएकी एक महिलामा कोरोना संक्रमण देखिएको हो । आन्द्रामा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत उपचारकालागि कोहलपुर ल्याईएको थियो ।
कोहलपुरमा उपचार गराईरहेकी ति महिलाको कोरोना परिक्षण गर्दा संक्रमण देखिएको अस्पतालका उप निर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिए । बिरामीमा संक्रमण देखिएपछि बिरामीको उपचारमा संलग्न डक्टर, नर्स र सहयोगी सहित १४ जनालाई क्वारेन्टाईनमा राखीएको र अस्पताललाई पूर्ण रुपमा सेनिटाईज नगर्दासम्म सिल गरीएको डा. श्रेष्ठले बताए ।
१८ हप्ताको गर्भवती समेत रहेकी ति महिलाको आन्द्रा गुजल्टीएको अवस्थामा रहेकाले अप्रेशनको तयारी गरीएको डा. श्रेष्ठले जानकारी दिएका छन ।
ति महिलासँगै कोहलपुर ल्याईएका अर्का एक ब्यक्तिको सोमबार नै मृत्यु भएको थियो । अछामको अस्पतालले जागिरबाट निकालेपछि आत्मदाहको प्रयास गरेका ति व्यक्तिको उपचारका क्रममा मृत्यु भएको डा. श्रेष्ठले पुष्टि गरे ।
अस्पतालले करार नविकरण नगरेपछि उनले सोमबार बिहान आफैँलाई पेट्रोल छर्किएर अस्पताल परिसरमै आत्मदाहको प्रयास गरेका थिए । गम्भीर अबस्थामा पुगेका उनलाई सोमबार दिउँसो हेलिकप्टर मार्फत कोहलपुर ल्याइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

error: Content is protected !!