०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

क्वारेन्टाइनको लागि बाँके युनेस्क क्लबले १४ लाखको विभिन्न सामाग्रीहरु प्रदान

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

महेन्द्र सिंह
बाँके जिल्लाको नरैनापुर र नेपालगन्जमा रहेका विभिन्न क्वारेन्टाइनलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि बाँके युनेस्को क्लबले १४ लाख रुपैया भन्दा बढीका विभिन्न सामाग्रीहरु प्रदान गरेको छ ।
नरैनापुर र नेपालगन्जका क्वारेन्टाइनहरुलाई थप व्यवस्थित गर्नु पर्ने माग चारैतिरबाट उठेपछि सो का लागि प्लान इन्टरनेसनलको आर्थिक सहयोगमा दुबै पालिकामा रहेका क्वारेन्टाइनलाई ठुलो संख्यामा विभिन्न सामाग्रीहरु मंगलवार उपलब्ध गराईएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।
संरक्षक सिद्दिकीका अनुसार प्रदान गरिएका सामाग्रीहरुमा पी फोम, मच्छर झुल, बेड कभर, साबुन, तौलिया, पेस्ट, व्याग, टुथ ब्रस, नेल कटर, काईंयो, सर्जिकल मास्क, स्यानेटरी प्याड, खेल सामाग्री र रेडियोसहितको म्यूजिक सिस्टम रहेका छन् ।
नेपालगन्ज महेन्द्र बहुमुखि क्याम्पसका लागि ३०० जनालाई पुग्नेगरी सबै सामाग्री उपलब्ध ४ लाख ६१ हजार रुपैयाँको सामाग्री उपलब्ध गराईएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनु भयो ।
सोही प्रकारले नरैनापुरका ८ वटा क्वारेन्टाइनलाई पुग्ने गरि पाँच पाँचसय थान झुल, पी फोम, बेड कभर, हाइजिन किट गरेर ९ लाख ४९ हजार रुपैयाको सामाग्री प्रदान गरिएको उहाँले बताउनु भयो ।
ती सामाग्रीहरुलाई मंगलवार जिल्ला प्रशासन कार्यालय बाँकेमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवांगलाई प्लान ईन्टरनेसनल एरिया कार्यालय नेपालगन्जका प्रमुख मिना पराजुलीले हस्तान्तरण गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारीले सो सामाग्रीलाई नेपालगन्ज उपमहानगरका मेयर धवल शमसेर राणा र नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहलाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख राणाले कोभिड १९ विरुद्धको अभियानमा सबैको सहयोग र समर्थन आवश्यक रहेको जनाउँदै सबैले मिलेर एकतावद्ध भै अभियान चलाइयो भने सफल हुने बताउनु भयो ।
उहाँले क्यारेन्टाइनको व्यवस्थापनमा सहयोग गरेकोमा प्लान र युनेस्को बाँकेप्रति आभार व्यक्त गर्नुभयो ।
यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वांगले क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन सुधार्ने अभियान चालिएको बेला प्राप्त भएको यो सहयोग निकै उपलब्धीपूर्ण रहने बताउनु भयो ।
उहाँले कोभिड १९ नियन्त्रणमा सहयोग गर्ने सबै जिल्लावासीलाई धन्यवाद पनि दिनुभयो ।
सो अवसरमा प्लान इन्टरनेसनल नेपालका नेपालगन्ज एरिया कार्यालयका प्रमुख मिना पराजुलीले सहयोगको आवश्यकता र औचित्य बारे जानकारी गराउनु भएको थियो भने बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले सहयोग गरिएको सामाग्रीहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
उक्त अवसरमा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, गाउँ पालिकाका कार्यकारी प्रमुख मणी राम खराल, नेपालगन्ज उप महानगरका उप मेयर उमाथापा मगर, नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धन सिंह सम्झना, प्लान इन्टरनेसनल नेपाल काठमाण्डौका लजिस्टिक म्यानेजर प्रशान्त उपाध्याय, प्लान इन्टरनेसनल नेपाल नेपालगन्जका फाइनान्स म्यानेजर रमेश केसी लगायतको उपस्थिति रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्वाङले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

error: Content is protected !!