२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

भैरहवाको बेलहिया नाकाबाट ३०३ नेपालीहरु नेपाल भित्रिए

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

एबिसी संचार
भैरहवा रुपन्देहीको बेलहिया नाका भएर मङ्गलबार ३०३ नेपाली स्वदेश भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार बेलहिया नाकाबाट मङ्गलबार मात्रै १४ सय ५७ भारतीयहरू भारत प्रवेश गरेका छन् ।
नेपाल भित्रिएका नेपालीलाई सम्बन्धित जिल्लामा समन्वय गरी पठाइएको र आफ्नो जिल्ला जान नपाएकाहरूलाई भैरहवामै क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी भट्टराईले जानकारी दिनुभयो । विभिन्न इटाभट्टालगायत उद्योगधन्दामा काम गर्ने भारतीय मजदुरहरू आफ्नो देश फर्किएको उहाँले जानकारी दिनुभयो ।
भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरूको कोरोना महामारीका कारण भारतमा खानबस्न समस्या भएपछि घर फर्कने क्रम बढेको छ । दिन प्रतिदिन ठूलो सङ्ख्यामा नेपालीहरू स्वदेश फर्कन थालेपछि स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न समस्या पर्ने गरेको छ ।
यसअघि नेपाल र भारत दुवैतर्फ क्वारेन्टाइन अवधि पूरा गरेकालाई मात्र आआफ्नो देश लैजाने गरिएकोमा अहिले भने सम्बन्धित देशकै क्वारेन्टाइनमा राख्ने गरी आफ्नो देशका नागरिक भित्र्याउने गरिएको हो ।गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दार्चुला । नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको छ । आज (मंगलबार) राति १० बजेर ३८ मिनेटमा भारतको उत्तराखण्डलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालको पश्चिमी सीमावर्ती जिल्ला दार्चुलाबाट करिब १०० किलोमिटर […]

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]