१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

भैरहवाको बेलहिया नाकाबाट ३०३ नेपालीहरु नेपाल भित्रिए

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

एबिसी संचार
भैरहवा रुपन्देहीको बेलहिया नाका भएर मङ्गलबार ३०३ नेपाली स्वदेश भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार बेलहिया नाकाबाट मङ्गलबार मात्रै १४ सय ५७ भारतीयहरू भारत प्रवेश गरेका छन् ।
नेपाल भित्रिएका नेपालीलाई सम्बन्धित जिल्लामा समन्वय गरी पठाइएको र आफ्नो जिल्ला जान नपाएकाहरूलाई भैरहवामै क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी भट्टराईले जानकारी दिनुभयो । विभिन्न इटाभट्टालगायत उद्योगधन्दामा काम गर्ने भारतीय मजदुरहरू आफ्नो देश फर्किएको उहाँले जानकारी दिनुभयो ।
भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरूको कोरोना महामारीका कारण भारतमा खानबस्न समस्या भएपछि घर फर्कने क्रम बढेको छ । दिन प्रतिदिन ठूलो सङ्ख्यामा नेपालीहरू स्वदेश फर्कन थालेपछि स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न समस्या पर्ने गरेको छ ।
यसअघि नेपाल र भारत दुवैतर्फ क्वारेन्टाइन अवधि पूरा गरेकालाई मात्र आआफ्नो देश लैजाने गरिएकोमा अहिले भने सम्बन्धित देशकै क्वारेन्टाइनमा राख्ने गरी आफ्नो देशका नागरिक भित्र्याउने गरिएको हो ।गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!