०२ बैशाख २०८१, आइतबार
14-04-2024 , Sun
×

सशस्त्र प्रहरीका तीन AIG को सरुवा

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

एबिसी संचार
काठमाडौँ सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक(एआईजी) को सरुवा भएको छ । मन्त्रिपरिषद्को बुधवारका बैठकले सशस्त्रका ३ जना एआईजीको सरुवा गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एक वर्ष नपुगी एआईजीको सरुवा नगर्ने अडान राखेपछि सरुवा केही समय रोकिएको थियो ।
गृह सचिव महेश्वर न्यौपानेले सरुवा प्रस्ताव नल्याए गृह मन्त्रालयले सरुवा अघि बढाउने चेतावनी दिएपछि मङ्गलवार उनले सरुवाको प्रस्ताव ल्याएका थिए ।
गृह मन्त्रालयको प्रस्तावमा भएको सरुवाअनुसार कार्य विभागमा रहेका एआईजी नारायणबाबु थापाको एकेडेमी, एकेडेमीमा रहेका पुष्पराम केसीको मानव श्रोत विभाग र मानव स्रोतमा रहेका रामशरण पौडेलको कार्य विभागमा सरुवा भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

      (धर्मेन्द्र कुमार कुर्मी ) कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान गरिएको छ । गाउँपालिकाकाे ७ नम्बर वडा कार्यालय गणेशपुरले जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान-पत्रले सम्मान गरेकाे छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बिहिबार एक कार्यक्रमबीच जग्गा दाताहरुलाई सम्मान-पत्रले सम्मान गरेका हुन् । यसैबीच वडाकाे डिजिटल बाेर्ड र नवनिर्मित वडा […]

(एबिसि संचार )                                                                सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा बम विष्फोट भएको छ । गएराति १ बजेतिर टावरमा प्रेशर कुकर बम विष्फोट भएको जिल्ला […]

(एबिसि संचार ) पोखरा महानागरपलिकाकी सबइन्जिनियरसहित दुई जना जनासेवाग्रहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सबइन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डेढ लाख […]