२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

गुल्मीमा पहिरोले पुर्याएर २ को मृत्यु ४ जना घाइते

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७

एबिसी संचार
गुल्मीको धुर्कोट गाउपालिका-३ हर्रापाटा भन्ने स्थानमा शनिबार खसेको पहिरोमा परेर एक महिन्द्रा जीप क्षतिग्रस्त भएको छ ।
पहिरोमा पुरिएको उक्त जीपमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा रुटमा चल्ने देउराली यातायातको ग १ ज ३९९७ नम्बरको जिप पुरिएर यात्रु तुल्सीराम काउछा र चालक प्रदिप पुनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक (सई) राजिब श्रेष्ठले जानकारी दिए ।
सई श्रेष्ठका अनुसार उक्त दुर्घटनामा रमेश राना, केशव काउछा, खिम बहादुर काउछा र बिशाल काउछा घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र घाइते सबैको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको प्रहरीले जनाएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही १७ गैरागाउँ टोल विकास संस्थाले सडक वरपर डस्बिन राखेको छ । शनिबार विहान एक कार्यक्रमको आयोजना गरी टोलमा सरसफाई गर्नुका साथै डस्बिन राख्ने काम भएको छ । टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर बुढाको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सरसफाई […]

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

error: Content is protected !!