२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

डब्ल्यूएचओले भन्यो कोरोना महामारीको सबैभन्दा खराब समय अझ आउनै बाँकी छ’

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

एबिसी संचार
काठमाडौँ कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्व प्रभावित बनिरहेको बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारीको अवस्था झनै खबर हुने चेतावनी दिएको छ।
६ महिना अघि मात्रै फैलिएको यो संक्रमणका कारण अहिलेसम्म पाँच लाखको मृत्यु भइसकेको छ। जसका कारण थुप्रै देशमा स्वास्थ्य व्यवस्था पूर्ण रुपमा धरासयी बनेका छन् भने विश्वव्यापी अर्थव्यवस्था नराम्रो असर परेको छ। यस्तो अवस्था हुँदा पनि महामारी घट्ने संकेत देखिएको छैन्।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियाससले यदि संसारभरका सरकारले सही नीतिको पालना नगरेको खण्डमा महामारी झनै खराब स्थितीमा पुग्ने चेतावनी दिएका छन्।
सोमबार एक भचुअल ब्रिफिङमा टेड्रोसले सबै जनाले यो महामारी उन्मुलन होस् भन्ने चाहदा चाहदै पनि यो महामारी उन्मुलनको यात्रामा निकै टाढा रहेको बताए।
उनले भने, ‘हामी सबै यो चाँडै नै उन्मुलन होस् भन्ने चाहन्छौं । हामी सबै आफ्नो दैनिक काम कारवाहीमा फिर्ता हुन चाहन्छौं तर तितो सत्य यो हो कि हामी अहिले पनि यो महामारी उन्मुलन हुने यात्रामा निकै टाढा छौं।’
केही देशले महामारी नियन्त्रणका लागि प्रगति गरेपनि विश्वव्यापी स्तरमा महामारी फैलने गती तीब्र भइरहेका कारण यसको स्थिती झनै खराब हुने देखिएको छ।
टेड्रोसले सरकारलाई जर्मनी, दक्षिण कोरिया र जापानले अपनाएको बाटोमा हिँड्न आग्रह गरेका छन्। गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!