२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

बाँकेमा बाघको छाला र हड्डिसहित एकजना पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

सागर थापा/महेन्द्र सिंह
जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार दिउँसो राप्तीसोनारी गाउँपालिका कुसुमबाट पाटे बाघको छाला र हड्डीसहित एकजनालाई पक्राउ गरेको छ ।
शनिबार दिउँसो ४ बजे ५ न. प्रदेश प्रहरी ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटीएको प्रहरी टोलिले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, सिमलघारीका ४६ बर्षिय नवराज घर्तिमगरलाई पाटे बाघको छाला र हड्डीसहित पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।
प्रहरीले घर्तीमगरले आफ्नै घरको मकै बारीमा लुकाई छिपाई राखेको टाटेपाटे बाघको छाला र हड्डिसमेत बरामद गरेको छ ।
उनलाई बाघको छाला र हड्डि सहित नियन्त्रणमा लिई आवस्यक थप अनुसन्धान गरीरहेको बाँके एसपी रानाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!