२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

बाँकेमा बाघको छाला र हड्डिसहित एकजना पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

सागर थापा/महेन्द्र सिंह
जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार दिउँसो राप्तीसोनारी गाउँपालिका कुसुमबाट पाटे बाघको छाला र हड्डीसहित एकजनालाई पक्राउ गरेको छ ।
शनिबार दिउँसो ४ बजे ५ न. प्रदेश प्रहरी ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटीएको प्रहरी टोलिले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, सिमलघारीका ४६ बर्षिय नवराज घर्तिमगरलाई पाटे बाघको छाला र हड्डीसहित पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।
प्रहरीले घर्तीमगरले आफ्नै घरको मकै बारीमा लुकाई छिपाई राखेको टाटेपाटे बाघको छाला र हड्डिसमेत बरामद गरेको छ ।
उनलाई बाघको छाला र हड्डि सहित नियन्त्रणमा लिई आवस्यक थप अनुसन्धान गरीरहेको बाँके एसपी रानाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दार्चुला । नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको छ । आज (मंगलबार) राति १० बजेर ३८ मिनेटमा भारतको उत्तराखण्डलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालको पश्चिमी सीमावर्ती जिल्ला दार्चुलाबाट करिब १०० किलोमिटर […]

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]