२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके प्रहरीले अनुसन्धान गर्न थालेपछी बाणिज्य बैंकका ५ जना कर्मचारी फरार

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

महेन्द्र सिंह
बाँकेमा नक्क्ली कागजात र सरकारी छाप किर्ते गरेर सुनचाँदी व्यवसायीले एक करोड २५ लाख ऋण लिएको घटनामा बाँके प्रहरीले राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवनचोक शाखाका कर्मचारीसहित आठ जनालाई प्रतिवादी बनाएको छ ।
प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको छ । जसमा आठ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीमध्ये तीन जनामात्रै पक्राउ परेका छन् । पाँच जना कर्मचारी फरार रहेका छन् ।
नक्कली कागजात र सरकारी छाप किर्ते गरेर ऋण लिने सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढ, बैंकका शाखा प्रवन्धक ललितबहादुर शाही र ऋण सिफारिस समितिका सदस्य कलबहादुर ओली पक्राउ परेका छन् । बैंकका कर्जा समिति, मूल्यांकनकर्ताहरु फरार रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले बताउनुभयो ।
प्रहरीले अहिलेसम्म सरकारी छाप किर्तेको मात्रै अनुसन्धान गरेको छ । बैंकिङ कसुरको अनुसन्धान नै शुरु भएको छैन । बैंकिङ कसुरसम्बन्धमा बैंकले जाहेरी दिइसकेको छैन । बैंकले आन्तरिक रुपमा छानबिन गरिरहेको बुझिएको छ ।
सुनचाँदी व्यवसायी जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख लिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]