१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

दाङको तुलसीपुर कारागारमा एकजना कैदीको मृत्यु

Logo
प्रकाशित मंगलबार, आषाढ २३, २०७७

एबिसी संचार दाङ असार २२ ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कपुलबस्तुको मायादेवी गाउँपालिका वडा नं. ४ निवासी ६९ बर्षीय अमिरुल्ला मुसलमानको उपचारको क्रममा सोमबार मृत्यु भएको तुलसीपुर कारागारका नायब सुब्बा जोखिम वलीले बताए ।
उनको सोमबार विहान ६ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मुसलमान पटक–पटक विरामी पर्ने गरेका थिए ।“उहाँ पटक–पटक विरामी परिरहनुहुन्थ्यो, चार÷पाँच दिनदेखि हामीले उपचार गर्दै आएका थियौं”, उनले भने “ उहाँले दिशा पिसाब आएको पनि थाहा नपाउने, मानसिक रुपमा पनि समस्या हुदै आएको थियो ।”
कपिलबस्तु जिल्ला अदालतले २०७५ असोज १५ गते मुसलमानलाई तीन बर्ष कैद सुनाएको थियो । कपिलबस्तुको कारागार रहेका मुसलमानको गएका बर्ष पुस ९ गते तुलसीपुर कारागारमा सरुवा गरिएको नासु वलीले बताए । मुसलमानको शवलाई आफन्तले बुझिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]