०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

प्रहरी इन्काउन्टरमा मारिए भारतीय कुख्यात अपराधी विकास दुबे

Logo
प्रकाशित शुक्रबार, आषाढ २६, २०७७

एबिसी क्राईम ब्युरो
काठमाडौँ डिएसपी सहित ८ प्रहरीको हत्या गरेका भारतीय राज्य उत्तर प्रदेश, कानपुरका विकास दुबे प्रहरीको इन्काउन्टरमा मारिएका छन् ।
उज्नेनबाट विहीबार पक्राउ परेका उनलाई कानपुर ल्याउने क्रममा इन्काउन्टर गरिएको हो । उनलाई कानपुर ल्याउने क्रममा उनी सवार गाडी पल्टिएको र प्रहरीको हतियार खोसेर भाग्न खोज्दा प्रहरीले गरेको जवाफी हमलामा दुबे मारिएको भारतीय प्रहरीले दाबी गरेको छ ।
असार १८ गते आफूलाई पक्राउ गर्न आएको प्रहरी टोलीलाई दुबेको समूहले जेसिबीले बाटो छेकेर हमला गर्दा घटनामा एक डिएसपी, तीन सब-इन्सपेक्टर र चार कन्स्टेबल मारिएका थिए ।
हत्यापछि फरार रहेका दुबेलाई बिहीबार प्रहरीले मध्य प्रदेशको उज्जैन जिल्लाको महाकाल मन्दिरबाट पक्राउ गरेको थियो । रासस

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!