१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

सुनको अक्षरमा लेखिएको धार्मिक ग्रन्थ पाँच करोडमा बेच्न खोज्ने ६ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ २६, २०७७

एबिसी क्राईम ब्युरो
काठमाडौं सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू भन्दै बिक्री गर्न खोज्ने ६ जनालाई चन्द्रागिरी नगरपालिका-१५ ढुंङ्गेअड्डाबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा खोटाङ दिक्तेल नगरपालिका-४ घर भएका ३२ वर्षीय गेहेन्द्र सिंह आत्रय, काभ्रे पाँचखान नगरपालिका-३ घर भएका ४२ वर्षीय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-१ घर भएका ३१ वर्षीय सुबास कुमार बस्नेत, ओखलढुंगा सुनकोशी गाउँपालिका-२ घर भएका ३३ वर्षीय हरि बहादुर लामिछाने, काठमाडौँ तारकेश्वर नगरपालिका-११ घर भएका ६४ वर्षीय राजेन्द्र बहादुर जोशी र नुवाकोट ककनी गाउँपालिका-८ घर भएका ३४ वर्षीय रोशन तामाङ रहेका छन् ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई लामा भाषामा लिखित पुरानो बुद्ध धर्म ग्रन्थको १६ पाना ५ करोड रुपैँयामा खरिद बिक्रीको लागि छलफल गरीरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरुमध्ये जनक गिरीको साथबाट तिव्वेतीयन लिपिमा सुनौलो अक्षरले लेखिएको उक्त बुद्ध धर्मको पाना बरामद भएको हो ।
उनीहरू उपर प्राचीन स्मारक संरक्षण ऐन, २०१३ बमोजिम थप अनुसन्धान कार्य भइरहेकोमहानगरीय प्रहरी वृत्त थानकोटलेजनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!