३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

सुनको अक्षरमा लेखिएको धार्मिक ग्रन्थ पाँच करोडमा बेच्न खोज्ने ६ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ २६, २०७७

एबिसी क्राईम ब्युरो
काठमाडौं सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू भन्दै बिक्री गर्न खोज्ने ६ जनालाई चन्द्रागिरी नगरपालिका-१५ ढुंङ्गेअड्डाबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा खोटाङ दिक्तेल नगरपालिका-४ घर भएका ३२ वर्षीय गेहेन्द्र सिंह आत्रय, काभ्रे पाँचखान नगरपालिका-३ घर भएका ४२ वर्षीय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-१ घर भएका ३१ वर्षीय सुबास कुमार बस्नेत, ओखलढुंगा सुनकोशी गाउँपालिका-२ घर भएका ३३ वर्षीय हरि बहादुर लामिछाने, काठमाडौँ तारकेश्वर नगरपालिका-११ घर भएका ६४ वर्षीय राजेन्द्र बहादुर जोशी र नुवाकोट ककनी गाउँपालिका-८ घर भएका ३४ वर्षीय रोशन तामाङ रहेका छन् ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई लामा भाषामा लिखित पुरानो बुद्ध धर्म ग्रन्थको १६ पाना ५ करोड रुपैँयामा खरिद बिक्रीको लागि छलफल गरीरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरुमध्ये जनक गिरीको साथबाट तिव्वेतीयन लिपिमा सुनौलो अक्षरले लेखिएको उक्त बुद्ध धर्मको पाना बरामद भएको हो ।
उनीहरू उपर प्राचीन स्मारक संरक्षण ऐन, २०१३ बमोजिम थप अनुसन्धान कार्य भइरहेकोमहानगरीय प्रहरी वृत्त थानकोटलेजनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

error: Content is protected !!