२७ आश्विन २०८१, आइतबार
13-10-2024 , Sun
×

रुकुममा सर्पले तोक्दा बालकको मृत्यु

Logo
प्रकाशित शुक्रबार, आषाढ २६, २०७७

मनोज डिसी
रुकुम पश्चिममा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका–३, ज्यामिरेका आठ वर्षीय विशाल घर्तीको सर्पले डसेर मृत्यु भएको हो ।
उनलाई गएराति १० बजेको समयमा सुतिरहेका वेला सर्पले डसेको र उपचारका क्रममा जिल्ला अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
ढिलो गरी अस्पताल ल्याइएकाले समयमै उपचार पाउन नसक्दा बालकको मृत्यु भएको अस्पतालको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यद्वारा जिल्ला प्रहरी परिसर,काठमाडौंमा पाल्नु भई कार्यालयको निरीक्षण तथा वस्तुस्थितिको जानकारी लिनु भई यस परिसर तथा मातहतमा कार्यरत कर्मचारीहरुलाई सुरक्षा व्यवस्था सुदृढ बनाई अपराध नियन्त्रण, विपद् व्यवस्थापन, लगायतका कार्यहरु सक्षमतापूर्वक निर्वाह गर्न आवश्यक निर्देशन दिनु भएको । साथै बडा दशैं, शुभ-दिपावली, नेपाल सम्वत् र […]

  बाँके । देशका अधिकांश नाकाहरुमा स्वदेश फर्किनेहरुको भीडभाड हुन थालेको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दसैँ मनाउन घर फर्कने गरेको र अहिले जमुनाह नाकामा लर्को लाग्ने गरेको हो । ईलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले नेपालगञ्जस्थित जमुनाह नाका भएर दैनिक करिब एक हजार ५०० व्यक्ति स्वदेश भित्रिरहेको […]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरिरहेको आशंकामा तीनजना नेपालीको विवरण माग गरेको छ । यसरी विवरण माग गरिएकामध्ये एकजना प्रहरीकै बहालवाला डीएसपी पनि रहेका छन् । इन्टरपोलले पत्राचार गरेका तीनमध्ये एक नेपाल प्रहरीकै बहालवाला प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाही भएको खुलेको छ । १४ अक्टोबर १९७९ मा जन्मिएका शाहीको ठेगाना […]

error: Content is protected !!