२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

सागर थापा
दाङ विहीबार घोराही–लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. ३ मसोटमा रा १ ज ९६५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तुलसीपुर उपहानगरपालिका वडा नं. १५ कोठेरीका २२ बर्षीय पदम वलीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले कोठेरीदेखि कृष्णनगर जाँदै गरेको उक्त बोलेरो जिपमा सवार अन्य चारजना घाईते भएका छन् । दाङ प्रहरीका अनुसार चालक सोही ठाउँका ३८ बर्षीय भिमबहादुर वली, २६ बर्षीय देवराज वली, १८ बर्षीय विशाल वली र २४ बर्षीय गोपाल श्रेष्ठ घाईते भएका छन् ।
उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । मृतक वली चालक भिमबहादुरका छोरा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवनमा नापी कार्यालयका प्रमुख लम्साललाई नेकपा बहुमतका कार्यकर्ताले दले कालो मोसो चितवन । खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई नेकपा (बहुमत) खैरहनीले कार्यकक्षमै कालो मेसो लगाएर कारवाही गरेको छ । उनले सेवाग्राहीबाट घुस असुल्ने गरेको, माफियाहरुलाई सहयोग गरेको लगायतका आरोप लगाएको छ ।

नेपाल प्रहरीका ९ जना एसपीको सरुवा काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको १३ जना डिएसपीको पदस्थापन काठमाडौं । मंगलबार प्रहरी महानिरीक्षकको निर्णयाअनुसार हालै बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो । साउन २१ गतेबाट लागू हुने गरी डीएसपीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!