२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

सागर थापा
दाङ विहीबार घोराही–लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. ३ मसोटमा रा १ ज ९६५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तुलसीपुर उपहानगरपालिका वडा नं. १५ कोठेरीका २२ बर्षीय पदम वलीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले कोठेरीदेखि कृष्णनगर जाँदै गरेको उक्त बोलेरो जिपमा सवार अन्य चारजना घाईते भएका छन् । दाङ प्रहरीका अनुसार चालक सोही ठाउँका ३८ बर्षीय भिमबहादुर वली, २६ बर्षीय देवराज वली, १८ बर्षीय विशाल वली र २४ बर्षीय गोपाल श्रेष्ठ घाईते भएका छन् ।
उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । मृतक वली चालक भिमबहादुरका छोरा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!