०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

बाँके एसपी रानाको कार्वाही तीब्र ४ किलो अफिस सहित एकजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन ०२, २०७७

महेन्द्र सिंह बाँके प्रहरीले अफिम सहित एक जनालाई नियन्त्रणमा लिएकोछ । बाँकेको कोहलपुरमा लागुऔषध अफिम कारोबार भइरहेको सूचना पाएलगत्तै चेकजाँच गर्दा अफिम सहित एक जनालाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।
एसपी रानाका अनुसार बाँके कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी ४२ वर्षिय भबिलाल पुन मगरलाई ४ किलो १७४ ग्राम लागुऔषध अफिम सहित नियन्त्रणमा लिइएको हो ।
कोहलपुर नगरपालिका वडा नम्बर ११ गोलपार्क स्थित एलबी गेष्टहाउसबाट अफिम सहित मगरलाई जिल्ला प्रहरी कार्यालय बाँके, लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीलले संयुक्तरुपमा नियन्त्रणमा लिइएको छ ।
जाजरकोट नगरपालिका वडा नम्बर १ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नम्बर २ आनन्दनगरमा मगर बस्दै आएका थिए ।
यतिबेला कोहलपुर स्थित ईलाका प्रहरी कार्यालयमा राखिएका उनीमाथि थप अनुसन्धान भइरहेकोछ । एसपी रानाले भने–‘बरामाद गरिएको लागुऔषध अफिम सहित पुनलाई जिल्ला प्रहरी कार्यालय बाँके  ल्याई थप कारबाही अगाडी बढाइने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]