२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा सक्कली प्रहरीको फन्दामा दुईजना नक्कली प्रहरी पक्राउ

Logo
प्रकाशित सोमबार, साउन १९, २०७७

सागर थापा
दाङमा सक्कली प्रहरीको फन्दामा दुई जना नक्कली प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ दक्षिण कर्मटुवा निबासी ३० बर्षको सुरोज नेपाली र सल्यानको दार्मागाउँपालिका ४ भलचौर निबासी ३० बर्षका गोपाल मल्ल रहेका छन् । पक्राउ परेका नेपालीले घोराहीको लुम्बीनी होटेल, मालिका भ्याली भ्यु होटेल र पाहुना गेष्ट हाउसमा गएर आफु प्रहरीको सई भएको र मल्लले असई भएको भन्दै होटल संचालकलाई दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।
उनिहरुले होटेल संचालकलाई मासिक रुपमा पैसा बुझाउनु पर्ने भन्दै धम्की दिएको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनिहरुलाई १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]