२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेको राजमार्ग उजखोलाको भवनमा सशस्त्र प्रहरी नबस्दा चोरी तस्करी बढदै

Logo
प्रकाशित सोमबार, कार्तिक ०३, २०७७

सागर थापा  बाँके                                              जिल्लाको पूर्वपश्चिम राजमार्गमा पर्ने कुसुम बजारदेखि ७ किलोमिटर पूर्वमा अवस्थित उजखाेला । त्यहीँ राजमार्ग छेउमा पहिले सशस्त्र प्रहरी बलको एउटा जत्था अस्थायी मुकाम बनाएर बसेको थियो । घना जङ्गलकाे ठाउँ हुनाले त्यहाँ हुनसक्ने चाेरी शिकारी, बनकाे सुरक्षा लगायत नजिकैको गाउँलाई सुरक्षाको अनुभूति भएको थियो । तर बिगत दुई वर्षभन्दा पहिले देखि त्यो ठाउँ सुनसानजस्तै बनेको छ । खानेपानी तथा अन्य समस्याको कारणले उनीहरू त्यहाँ बस्न नसकेको स्थानीयले बताएका छन् । त्यस गाउँका विद्यार्थीहरु ७ किलोमिटर टाढा कुसुमकाे विद्यालय जानुपर्छ । सशस्त्र प्रहरीको टाेलि त्यहाँ राजमार्ग छेउको अफिसमा बस्दा धेरै ठूलो सुरक्षाको अनुभूति हुने भएकाले तुरुन्त त्यस ठाउँमा पुनः सुरक्षाकर्मिहरु राख्नको लागि त्यहाँका गाउँलेहरु अाग्रह गर्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]