१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
×

एकल महिलाको बाख्रापालन आम्दानीको श्रोत

Logo
प्रकाशित शुक्रबार, जेठ ०४, २०७५

सलिम अन्सारी,प्यूठान

जिल्लाको सरुमारानी गाउपालिका ४ बडडाडा की ३१ बर्षिया मीना बुढाथोकी ३ बर्ष पहिला गाउँघरको चुलोचौकोमै सिमीत थिईन । श्रीमान गुमाएको पीडा थियो । गाउँमा आयआर्जनको बाटो थिएन । छोराछोरी साना थिए । उनिहरुको पालनपोषणको पीरलो थियो । यस्ले झनै पीडामा थिईन उनि । तर अहिले उनको जीवन फेरिएको छ । गरीबि निवारण कोष कार्यक्रम लागु भए पश्चात गाउँका स्थानीयहरु मिलेर बँगारी सामुदायिक सँस्था गठन गरिएको थियो । सँस्थामा उनि पनि आवद्ध भईन । सँस्थाले आयआर्जनका क्षेत्रमा ऋण लगानी गर्थेयो । त्यसैले ऋण माग्ने सोच गरिन । पहिलै देखि मिना बाख्रा पालन गर्थिन । तर दुई चार वटा भन्दा बढि बाख्रा थिएन्न । उनको मनमा लाग्यो अव व्यावसायिक बाख्रा पालन गर्छु । एकदिन बैठकमा ऋण माग गरिन पचास हजार । आफुले पहीला ऋण लिदा खेरी तिर्न सक्छु कि सक्दिन भन्ने चिन्ता मनमा लागेको थियो । सँस्थाले स्विकृती दियो सहास गरेर ऋण लिईन उनले । त्यो पैसाले मिनाले बाख्रा थपीन । गरिवी निवारणको ऋण र केहि आफुसँग भएको पैसाले व्यबस्थित खोर बनाईन । अहिले उनिसँग ९ वटा पाठा र १ बोका सहित ३१ वटा बाख्राका पाठापाठी छन । यही बाख्राको पाठापाठी बेचेर उनले सँस्थाको ऋण बर्षदिनमै तिरेर भ्याईन । हिजोआज बाख्राको स्याहारसुसारमै उनको दैनिकी बित्छ । उनले बाख्रापालनलाई अझै बिस्तार गर्ने सोचेकी छन । गरीबि निवारण कोषको सहयोगले मेरो जीवनशैली नै फेरियो । मिना भन्छिन बाखा्रपालनबाटै म आत्मनिर्भर भएकी हुँ । तीन जनाको परिवार यहि बाख्रापालनको आम्दानीले धानिएको छ । उनका दुई छोराछोरी स्थानीय जनतामा माध्यमिक बिद्यालयमा पढछन । छोरा दश कक्षामा र छोरी ६ कक्षामा पढछन । मिनाले भनिन बाख्रापालनको आम्दानीले परिवारको खर्च राम्ररी चलेको छ । छोराछोरीलाई पढाउन सजिलो भएको छ । अहिले खोरमा दुई लाख रुपैयाँ भन्दा बढीको बाख्रा रहेको उनले बताईन । मनमा आँट भएको खण्डमा जे काम पनि गर्न सकिने मिना बुढाथोकीबाट सिक्न सकिन्छ । कालिमाटि ग्रामीण बिकास समाज नेपाल प्यूठानको सहजीकरणमा गरिवी निवारण गर्ने लक्ष्य सहित आयआर्जनको क्षेत्रमा सामुदायिक सँस्था मार्फत ऋण लगानी गर्दै आएको हो । सँस्थाको सहयोगले आयआर्जनमा लागेकाहरु धेरै छन । सामाजिक परिचालक देउमान सोमैले भने जस्ले उनिहरुको जीवनमा नै परिवर्तन आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

error: Content is protected !!