१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

एकल महिलाको बाख्रापालन आम्दानीको श्रोत

Logo
प्रकाशित शुक्रबार, जेठ ०४, २०७५

सलिम अन्सारी,प्यूठान

जिल्लाको सरुमारानी गाउपालिका ४ बडडाडा की ३१ बर्षिया मीना बुढाथोकी ३ बर्ष पहिला गाउँघरको चुलोचौकोमै सिमीत थिईन । श्रीमान गुमाएको पीडा थियो । गाउँमा आयआर्जनको बाटो थिएन । छोराछोरी साना थिए । उनिहरुको पालनपोषणको पीरलो थियो । यस्ले झनै पीडामा थिईन उनि । तर अहिले उनको जीवन फेरिएको छ । गरीबि निवारण कोष कार्यक्रम लागु भए पश्चात गाउँका स्थानीयहरु मिलेर बँगारी सामुदायिक सँस्था गठन गरिएको थियो । सँस्थामा उनि पनि आवद्ध भईन । सँस्थाले आयआर्जनका क्षेत्रमा ऋण लगानी गर्थेयो । त्यसैले ऋण माग्ने सोच गरिन । पहिलै देखि मिना बाख्रा पालन गर्थिन । तर दुई चार वटा भन्दा बढि बाख्रा थिएन्न । उनको मनमा लाग्यो अव व्यावसायिक बाख्रा पालन गर्छु । एकदिन बैठकमा ऋण माग गरिन पचास हजार । आफुले पहीला ऋण लिदा खेरी तिर्न सक्छु कि सक्दिन भन्ने चिन्ता मनमा लागेको थियो । सँस्थाले स्विकृती दियो सहास गरेर ऋण लिईन उनले । त्यो पैसाले मिनाले बाख्रा थपीन । गरिवी निवारणको ऋण र केहि आफुसँग भएको पैसाले व्यबस्थित खोर बनाईन । अहिले उनिसँग ९ वटा पाठा र १ बोका सहित ३१ वटा बाख्राका पाठापाठी छन । यही बाख्राको पाठापाठी बेचेर उनले सँस्थाको ऋण बर्षदिनमै तिरेर भ्याईन । हिजोआज बाख्राको स्याहारसुसारमै उनको दैनिकी बित्छ । उनले बाख्रापालनलाई अझै बिस्तार गर्ने सोचेकी छन । गरीबि निवारण कोषको सहयोगले मेरो जीवनशैली नै फेरियो । मिना भन्छिन बाखा्रपालनबाटै म आत्मनिर्भर भएकी हुँ । तीन जनाको परिवार यहि बाख्रापालनको आम्दानीले धानिएको छ । उनका दुई छोराछोरी स्थानीय जनतामा माध्यमिक बिद्यालयमा पढछन । छोरा दश कक्षामा र छोरी ६ कक्षामा पढछन । मिनाले भनिन बाख्रापालनको आम्दानीले परिवारको खर्च राम्ररी चलेको छ । छोराछोरीलाई पढाउन सजिलो भएको छ । अहिले खोरमा दुई लाख रुपैयाँ भन्दा बढीको बाख्रा रहेको उनले बताईन । मनमा आँट भएको खण्डमा जे काम पनि गर्न सकिने मिना बुढाथोकीबाट सिक्न सकिन्छ । कालिमाटि ग्रामीण बिकास समाज नेपाल प्यूठानको सहजीकरणमा गरिवी निवारण गर्ने लक्ष्य सहित आयआर्जनको क्षेत्रमा सामुदायिक सँस्था मार्फत ऋण लगानी गर्दै आएको हो । सँस्थाको सहयोगले आयआर्जनमा लागेकाहरु धेरै छन । सामाजिक परिचालक देउमान सोमैले भने जस्ले उनिहरुको जीवनमा नै परिवर्तन आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

error: Content is protected !!