३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

काठमाडौं बसपार्कबाट दैनिक २५ सय बस छुट्थे अहिले ५०० मात्र

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

(ABC Sanchar) काठमाडौँको पुरानो बसपार्कबाट दैनिक हजारौँ बस छुट्थे तर अहिले कोरोना प्रभावित परिवारलाई खाना खुवाउने स्थानमा परिणत भएपछि सार्वजनिक यातायात कति प्रभावित छ भनेर बुझ्न गाह्रो छैन । गोङ्गबुको नयाँ बसपार्कको अवस्था पनि उस्तै छ । दैनिक २५ सय बस बाहिरिन्थे तर अहिले पाँच सय मात्र चल्छन् ।
बन्दाबन्दी खुलेको तीन महिना हुनलाग्यो । दशैँ पनि सकियो तर सार्वजनिक यायातात भने अझै पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् । कोरोना महामारीका कारण यात्रुको चाप निकै कम भएपछि सार्वजनिक यातायात क्षेत्र रुग्ण उद्योगजस्तै हुन थालेको छ । व्यवसायी भन्छन्, “अब पलायन हुनुको विकल्प छैन । ” सार्वजनिक यातायात क्षेत्रले आठ महिनामा करिब १६ अर्ब रुपियाँ नोक्सानी भोगिसकेको व्यवसायीको दाबी छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार हाल जम्मा ४० प्रतिशत बस मात्र सञ्चालनमा र ६० प्रतिशत थन्किएका छन् । जोर–बिजोर प्रणाली कायम रहँदा पनि यात्रु भेटाउन गाह्रै छ । ४० प्रतिशत सञ्चालनमा ल्याउदा पनि यात्रुको चाप नदेखेपछि व्यवसायीले पलायनको विकल्प छैन भन्न थालेका हुन् ।
बैङ्क तथा वित्तीय संस्थाको ऋण र किस्ता तिर्न नसकेरै पलायन हुनुपर्ने बाध्यता भएको व्यवसायी बताउँछन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, “घरजग्गा धितो राखेर गाडी लिएका छौँ । गाडी थन्किएका छन्, ऋण तिर्न नसकेर घरको न घाटको हुने अवस्था आइसक्यो । ”
महासङ्घका महासचिव सरोज सिटौलाको भनाइ पनि उस्तै छ, “बैङ्कको किस्ता र ऋण तिर्नसक्ने अवस्था रहेन तर बैङ्कले छोड्नेवाला पनि छैन । त्यसैले बस व्यवसाय मृत्युशय्यामा छ, रुग्ण उद्योगमा पुगिसक्यो घोषणा हुन मात्र बाँकी छ । ”
बस भाडा र हवाई भाडा उस्तै
लामो दूरीमा सञ्चालन हुने सार्वजनिक बसको भाडा र प्लेनको भाडा लगभग बराबरीजस्तो हुन जान्छ । जसले गर्दा मध्यम वर्ग पनि हवाई यातायातमा आकर्षित भएको देखिन्छ । कोरोनाबाट सुरक्षित र छिटो गन्तव्यमा पुगिने भएकाले हवाई यातायात नै मान्छेको रोजाइमा परेको छ । प्लेनमा काठमाडौँबाट धनगढी ३५ सय रुपियाँमा पुगिन्छ तर एसी, डिलक्स बसमा २५ रुपियाँ लाग्छ । खाना, खाजा, पानी गर्दा तीन हजारभन्दा बढी हुन्छ । पाँच सय रुपियाँ कम तिरेर मान्छे रातभर बसमा जाने कुरै भएन । त्यसमाथि कोरोनाको डर उत्तिकै हुने भएकाले पनि हवाई यातायात बसभन्दा बढी आकर्षक भएको छ ।
महासङ्घका उपाअध्यक्ष स्वाँर भन्नुहुन्छ, “धनगढी जाने प्लेन र बसको भाडा उस्तै छ । त्यसो भएपछि मान्छे रातभरि बसमा किन जान्छ ? बरु दुई÷चार सय बढी तिरेर प्लेनमा नै जान्छन् । छिटो पनि भयो, हवाई कम्पनीहरूले पनि मध्यम वर्गलाई आकर्षित गर्ने स्किम दिइरहेका छन् । हामी त्यो गर्न सक्दैनौँ । यो सरकारले सोच्ने कुरा हो । ”
रातो प्लेटका निजी गाडीमा यात्रु
कानुनतः निजी अर्थात् रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु ओसार्न मिल्दैन । उनीहरूले अग्रिम आयकर पनि तिर्नु पर्दैन तर अहिले निजी गाडीले पनि खुलमखुला यात्रु ओसारिरहेका छन् । रातो नम्बर प्लेटका खासगरी स्कार्पिओ र बोलेरो गाडीका सवारीधनीले आफूलाई चाहिँदा प्रयोग गर्ने नत्र यात्रु ओसार्ने वा रिजर्भमा लगाउने काम हँुदै आएको महासङ्घको दाबी छ ।
रिजर्भ गर्न पनि सजिलो र कोरोनाबाट पनि सुरक्षित हुने भएकाले बन्दाबन्दीपछि रिजर्भ गर्ने प्रचलन बढेको छ । स्वाँरको भनाइ छ, “यस्तो भएपछि नेपालको सार्वजनिक यातायात अब सक्कियो । ” नियमन र कारबाही गर्ने निकाय यातायात व्यवस्था विभाग भने जानकारी नपाए जसरी बसेको छ । रातो प्लेटका गाडीले यात्रु बोक्ने गरेको तर अनुगमन गरेर कारबाही गर्न गाह्रो हुने विभागको दाबी छ । विभागका प्रवक्ता डा. लोकनाथ भुसाल भन्नुहुन्छ, “रातो प्लेट प्राइभेट हो, यसले भाडामा यात्रु बोक्न पाउँदैन तर अनौपचारिक मेकानिजमबाट यस्तो भएको छ । अनुगमन ग¥यो परिवारका सदस्य हौँ भन्छन् । कारबाही गर्नै गाह्रो छ । ” पछिल्लो समय सुरक्षाको हिसाबले पनि यस्तो बढेको उहाँको भनाइ छ ।
घोषित राहतमा ढिलाइ
लामो समयको बन्दाबन्दीपछि गत भदौसम्म सार्वजनिक सवारीको कर दस्तुर जरिवाना मिनाहा गरिएको थियो । मौद्रिक नीतिले पुनर्कर्जा र ऋणको पुनर्तालिका गरिदिने व्यवस्था गरेको छ तर स्वाँरले भन्नुभयो, “अहिलेसम्म कुनै राहत पाएका छैनौँ । बैङ्कले कर्जाको पुनर्तालिका गर्नसमेत मानेका छैनन् । मौद्रिक नीतिले व्यवस्था गरेका कुरा पनि कार्यान्वयन भएको छैन । ” तर, नेपाल राष्ट्र बैङ्कले भने यो कार्यान्वयनको चरणमै रहेको जनाएको छ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले भन्नुभयो, “होटल, यातायात, शैक्षिक क्षेत्र अति प्रभावित हुन् र प्राथमिकतामा छन् । हामीले
बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेका छौँ । ”
पुनर्कर्जा र पुनर्तालिकाका लागि यदि बैङ्कहरूमा जाँदा वहानाबाजी वा आलटाल हुन्छ भने राष्ट्र बैङ्कमा सम्पर्क गर्न प्रवक्ता भट्टले आग्रह गर्नुभयो । उहाँको भनाइ छ, “बैङ्कहरूले आलटाल गर्न सक्छन् । त्यस्तो अवस्थामा सेवाग्राहीले राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागमा रहेको वित्तीय ग्राहक संरक्षण एकाइमा सम्पर्क गर्नुहोस् । कार्यान्वयनको चरणमा भएकाले समय लाग्न सक्छ । ” उहाँका अनुसार हाल राष्ट्र बैङ्कमा ११४ अर्ब रुपियाँ बराबरको पुनर्कर्जाको प्रस्ताव आएको छ ।
सहकारीमा रहेका गाडीको समस्या
बैङ्कबाट ऋण लिएका सार्वजनिक यातायातका साधनको पुनर्कर्जा र पुनर्तालिका हुने भनिए पनि सहकारी संस्थाबाट ऋण लिएकाको भने कुनै टुङ्गो छैन । महासङ्घका अनुसार ५० प्रतिशत सार्वजनिक यातायात सहकारी संस्थाबाट ऋण लिएर सञ्चालनमा छन् तर मौद्रिक नीतिले सहकारीलाई प्रभाव नपर्ने भन्दै व्यवसायी चिन्तित छन् ।
बन्दाबन्दीबाट अति प्रभावित सार्वजनिक यातायातका बारेमा सहकारी क्षेत्रले कुनै चासो दिएको छैन । सार्वजनिक यातायातले लिएको सहकारीको ऋण र कर्जाको संरचना हुन्छ÷हुँदैन, सहकारी विभाग नै अनभिज्ञ छ ।गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!