३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

जंगली वन्यजन्तु सहित दुईजना लमहीबाट व्यक्ति पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

(ABC Sanchar)                                              दाङ जंगली वन्यजन्तु सहित ओसारपसार गर्दै गर्दा दुईजना पक्राउ परेको डिभिजनल प्रमुख बेसिन्द्र राज सुबेदीले जानकारी दिए ।
राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ पुलचोक स्थित पूर्वपश्चिम राजमार्गबाट लु १ च ९९९४ नम्बरको पिकअप गाडीमा बन्यजन्तु राखेर लैजादै गरेको अवस्थामा प्रक्राउ गरिएको हो ।
प्रक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. ८ निवासी ठगेन्द्रबहादुर डाँगी र चालक कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर ५ रहटोल निवासी दलबहादुर सारू रहेका छन् । जिपको पछाडि ढालामा अन्दाजी ३५ किलोका दुईवटा जंगली बँदेल बोरामा हालेर लैजादै गर्दा पक्राउ गरेको डिभिजन वन कार्यालय देउखुरी, दाङले जानकारी दिएको छ ।
बरामद गरिएको दुईवटा जंगली बँदेल बाँके राष्ट्रिय निकुञ्जमा छाड्ने तयारी भइरहेको छ । पक्राउ गरेका व्यक्ति माथि थप अनुसन्धान भैरहेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!