०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

जंगली वन्यजन्तु सहित दुईजना लमहीबाट व्यक्ति पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

(ABC Sanchar)                                              दाङ जंगली वन्यजन्तु सहित ओसारपसार गर्दै गर्दा दुईजना पक्राउ परेको डिभिजनल प्रमुख बेसिन्द्र राज सुबेदीले जानकारी दिए ।
राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ पुलचोक स्थित पूर्वपश्चिम राजमार्गबाट लु १ च ९९९४ नम्बरको पिकअप गाडीमा बन्यजन्तु राखेर लैजादै गरेको अवस्थामा प्रक्राउ गरिएको हो ।
प्रक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. ८ निवासी ठगेन्द्रबहादुर डाँगी र चालक कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर ५ रहटोल निवासी दलबहादुर सारू रहेका छन् । जिपको पछाडि ढालामा अन्दाजी ३५ किलोका दुईवटा जंगली बँदेल बोरामा हालेर लैजादै गर्दा पक्राउ गरेको डिभिजन वन कार्यालय देउखुरी, दाङले जानकारी दिएको छ ।
बरामद गरिएको दुईवटा जंगली बँदेल बाँके राष्ट्रिय निकुञ्जमा छाड्ने तयारी भइरहेको छ । पक्राउ गरेका व्यक्ति माथि थप अनुसन्धान भैरहेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट सडकमार्ग हुँदै रुपन्देहीतर्फ लागेका छन्। काठमाडौँबाट विमानमा भरतपुर पुगेका उनी भरतपुरबाट सडकमार्ग हुँदै रुपन्देही जान लागेका हुन्। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन उनी रुपन्देही जान लागेका हुन्। उनी बिहानैदेखि भैरहवा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिए पनि […]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!