०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

‘क्रान्ति’को तयारीमा विप्लव नेतृत्वको नेकपा

Logo
प्रकाशित सोमबार, जेठ ०७, २०७५

काठमाडौँ, ७ जेठ- मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट असन्तुष्ट हुँदै ८ मंसिर, ०७१ मा नेत्रविक्रम चन्द विप्लव अलग भए । उनीनिकट कार्यकर्ताको ११–१४ मंसिरसम्म चितवनमा भएको राष्ट्रिय भेलाले नेकपा माओवादी गठन ग-यो । १ फागुन, ०७३ मा रोल्पामा भएको सातौँ महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी गठन भयो । नेकपाले स्थानीय तह, प्रदेश, प्रतिनिधिसभा निर्वाचन बहिष्कार ग-यो ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई मुद्दा बनाई आन्दोलन अघि बढिरहेको नेकपा केन्द्रीय सदस्य गुणराज लोहनीको भनाइ छ । संगठनलाई व्यवस्थित बनाउँदै भ्रष्टाचार र तस्करलाई समाजबाट बहिष्कार गर्ने तयारी भइरहेको उनले बताए । मुद्दा मिल्ने पार्टीसँग सहकार्य एकता गर्दै जाने पार्टीको नीति भएको लोहनीको भनाइ छ, नयाँ पत्रिका मा खबर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन् सोङमार्फत जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री बुझेका छन् । आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मूल्य बराबरको सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे । नेपाल र चीन ऐतिहासिक […]

  (ABC-Sanchar) काठमाडौं । अधिकांश दैनिक पत्रिकाका सञ्चालकहरुले आर्थिक मन्दीको कारण देखाएर पत्रकार तथा कर्मचारी निस्काशन गर्ने र कटौती गर्ने काम गरिहेका छन् । निजी रुपमा सञ्चालित सबैभन्दा ठूलो सञ्चारमाध्यमको अवस्था पनि अरु भन्दा फरक देखिँदैन । सबैभन्दा ठूलो सञ्चारमाध्यम कान्तिपुर पब्लिकेशन प्रा.लि.ले टेलिभिजन, कान्तिपुर दैनिक, सर्वोत्तम नारी, साप्ताहिक, काठमाडौं पोष्ट, नेपाल जस्ता प्रकाशनहरु गर्दै […]

  (ABC-Sanchar) काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा यही कात्तिक १२ गते नेपाल आउँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य […]