२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

दुर्घटना न्यूनीकरणको अभियान लिएर प्रहरी प्रमुख र ट्राफिक प्रमुख गाउँमा

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

(सागर थापा)
दाङ भालुवाङ ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक पोष्ट भालुवाङको सयुत्त आयोजनामा दुर्घटना न्यूनीकरण गर्न गाउँ गाउँमा अभियान लिएर ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले सवारी चालकहरुलाई सुरक्षित तरिकाले सवारी चलाउन तथा यात्रुहरुलाई ट्राफिक नियमको पालना गरि हिड्न अनुरोध गरेका छन् । प्रतिनिधी सभाका सदस्य गंगा थारुको आग्रहमा राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना कार्यक्रमलाई सहजीकरण गर्दै भालुवाङ प्रहरी प्रमुख प्रहरी निरिक्षक भट्टले सुझाव दिएका हुन् । दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभुति गराउन सचेतना कार्यक्रमको आयोजना गरेको सवारी चालकहरुलाई सडक सुशासन कायम गर्न र दुर्घटना न्यूनीकरण गर्न सवारी चालकहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
तिहार तथा छठ पर्वलाई लक्षित गदै आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक भट्टले सवारी चालकहरुलाई आफ्नो पेशाप्रति जिम्मेवार भएर सेवा दिन आग्रह गरे । उनले सवारी चालककै कारणले सडक दुर्घटना बढी हुने देखिएकाले सवारी चालकहरुलाई सवारी चलाउदा संम्यम भएर चलाउन सुझाब समेत दिए । त्यस्तै उनले यात्रुहरुलाई ट्राफिक निमयको पालना अनिर्वाय गरी आवातजावत गर्न सुझाव दिएका छन् । चाडपर्वका बेलामा यात्रुहरु धेरै हुने र सवारी साधनहरुको धेरै चाप हुने भएकाले सचेतना कार्यक्रम गरी सवारी चालक र स्थानीयहरुलाई सचेत गराइएको भट्टको भनाई छ । कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका ट्राफिक प्रमुख नन्द पोख्रेलले ट्राफिक नियम सम्बन्धि सहजीकरण गरेका थिए । कार्यक्रममा सिसहनियाँका नागरिक अगुवा चालक सहचालक र स्थानीयहरुको ब्यापाक सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]