१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

रोल्पामा जिपको ठक्करबाट २ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, मंसिर ०४, २०७७

(ABC Sanchar) रोल्पामा जीपको ठक्करबाट दाजुको मृत्यु भएको छ भने बहिनी र नाति गम्भीर घाइते भएका छन् ।
सुनिलसमृती गाउँपालिका वडा नं। ८ अरेस निवासी ४६ बर्षीय राहुल मगरको उपचारका लागि बुटवल तर्फ लैजाँदै गर्दा विहीवार राति साढे १ बजेतिर बाटो मै मृत्यु भएको छ ।
बुधवार बेलुका साढे ८ बजेतिर जिल्लाको सुनिलस्मृती गाउँपालिका वडा नं। ८ तल्लोपानी स्थित सुलिचौर९अरेश भित्री सडक खण्डमा लु १ ज ३०७० नम्बरको जीपले पैदल हिडिरहेका ३५ बर्षीया रिमा पुन र ६ बर्षीय राजेन्द्र पुनलाई ठक्कर दिएको थियो ।
राहुल रिमाका दाजु हुन भने राजेन्द्र रिमाका नाति रहेको प्रहरीले बताएको छ ।
पैदल हिडिरहेका उनीहरुलाई जीपले ठक्कर दिएपछि प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरमा प्राथामिक उपचार पछि थप उपचारको लागि बुटवल तर्फ लैजादै गर्दा राहुलको वाटोमा नै मृत्यु भएको थियो ।
घाइते रिमा र राजेन्द्रको बुटवलमा उपचार भइरहेको छ । घाइते मध्य रिमाको अवस्था गम्भीर रहेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेशराज सुबेदीले जानकारी दिए ।
उनीहरुलाई ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!