१२ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

रोल्पामा जिपको ठक्करबाट २ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, मंसिर ०४, २०७७

(ABC Sanchar) रोल्पामा जीपको ठक्करबाट दाजुको मृत्यु भएको छ भने बहिनी र नाति गम्भीर घाइते भएका छन् ।
सुनिलसमृती गाउँपालिका वडा नं। ८ अरेस निवासी ४६ बर्षीय राहुल मगरको उपचारका लागि बुटवल तर्फ लैजाँदै गर्दा विहीवार राति साढे १ बजेतिर बाटो मै मृत्यु भएको छ ।
बुधवार बेलुका साढे ८ बजेतिर जिल्लाको सुनिलस्मृती गाउँपालिका वडा नं। ८ तल्लोपानी स्थित सुलिचौर९अरेश भित्री सडक खण्डमा लु १ ज ३०७० नम्बरको जीपले पैदल हिडिरहेका ३५ बर्षीया रिमा पुन र ६ बर्षीय राजेन्द्र पुनलाई ठक्कर दिएको थियो ।
राहुल रिमाका दाजु हुन भने राजेन्द्र रिमाका नाति रहेको प्रहरीले बताएको छ ।
पैदल हिडिरहेका उनीहरुलाई जीपले ठक्कर दिएपछि प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरमा प्राथामिक उपचार पछि थप उपचारको लागि बुटवल तर्फ लैजादै गर्दा राहुलको वाटोमा नै मृत्यु भएको थियो ।
घाइते रिमा र राजेन्द्रको बुटवलमा उपचार भइरहेको छ । घाइते मध्य रिमाको अवस्था गम्भीर रहेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेशराज सुबेदीले जानकारी दिए ।
उनीहरुलाई ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

  दाङ । मंगलबार विहान ७:४५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गईरहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही- भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका अन्दाजी ५० वर्षिय लोकप्रसाद भट्टराईलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको इलाका […]

error: Content is protected !!