(सागर थापा)
बाँके। नेपाल-भारत सिमानाका बाँके जिल्लाको नेपालगञ्ज जमुनाह नाका रुपेइडिहा हुँदै छिमेकी देश भारत आवतजावत गर्ने यात्रुहरूको घुइँचो ।
झण्डै ६/७ महिनासम्म जारी लकडाउन र त्यसको असरका कारण यसरी मानिसहरु अावतजावत गर्नबाट बञ्चित भएका थिए ।
केही महिना यता लकडाउन केही खुकुलो भएको छ । तथापि राेजगारी लगायत अन्य कामकाजले नेपाल र भारत अाउने जानेको संख्या दैनिकजसो ३ हजारको हाराहारीमा रहेको ईलाका प्रहरी कार्यालय नेपालगन्ज जमुनाहका प्रहरी प्रमुख विष्णु गिरीले बताएका छन् ।