१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

सरकारी सुराकी गरेको भन्दै विप्लव पाटीले गोली हानी शिक्षकको हत्या

Logo
प्रकाशित मंगलबार, मंसिर २३, २०७७

(विवेक गाहा)
झापा । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले आफूविरुद्ध सुराकी गरेको भन्दै मोरङमा शिक्षक (प्राधानाध्यापक)को हत्या गरेको खुलेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका उच्च अधिकारीका अनुसार आफूहरुविरुद्ध सुराकी गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण पछि हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काका अनुसार श्रेष्ठको अपहरण गरिएको भन्दै मंगलबार बिहान ६ बजेतिर सूचना आएको थियो ।
अपहरणको सूचना आएपछि प्रहरीले खोजी पनि शुरु गरेको थियो । तर, अपहरणको सूचना आएको १ घण्टामै गोली हानी श्रेष्ठको हत्या गरिएको सूचना आएको एसपी खड्काले जानकारी दिए ।
बिहान करिब ५ जनाको समूहमा आएका व्यक्तिले घरबाटै ‘जबर्जस्ती उठाएर’ लगेको भन्दै परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।
घरबाटै उठाएर लगिएका शिक्षक श्रेष्ठको ३० मिनेटको पैदल दूरीमा रहेको जंगलमा गोली हानी हत्या गरिएको हो ।
मोरङको मिक्लाजुङ गाउँपालिका– बर्खे घर भएका ५४ वर्षीय श्रेष्ठ स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।
प्रतिबन्धित नेकपा (विप्लव समूह)का कार्यकर्ताबाट आफूहरुले नै श्रेष्ठको हत्या गरेको भनेर परिवारका सदस्यलाई सूचना आएको पनि प्रहरीको भनाइ छ ।
मोरङको मिक्लाजुङ पहाडी क्षेत्र हो । जहाँ पछिल्लो समय विप्लव समूहको गतिविधि बढ्दै गएको थियो ।
केही समय अगाडि मिक्लाजुङमा प्रहरीले विप्लव समूहविरुद्ध ‘सर्च अपरेशन’ चलाएको थियो । सर्च अपरेशनका क्रममा विप्लव समूहका केही कार्यकर्ता पनि पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]