१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

बाँके प्रहरीले ११ वर्षपछि ७ वर्षिया बालिका बलात्कार गर्ने हेमन्त कुमार पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर २३, २०७७

(महेन्द्र सिंह) बाँके                                                     ७ वर्षिया बालिकालाई बलात्कार गरि फरार रहेका अभियुक्तलाई बाँके प्रहरीले ११ वर्षपछि पक्राउ गर्न सफल भएकोछ ।
२०६८ साल असार ३१ गते जिल्ला अदालत बाँकेले जबरजस्ती करणी सम्बन्धि मुद्दामा १० वर्ष कैद सजाय फैसला गरेका नैनापुर गाउँपालिका–९ का ३४ वर्षीय हेमन्तकुमार मिश्रलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
बाँकेको साविक कालाफाँटा गाविस वडा नम्बर–३, हाल नरैनापुर गाउँपालिका वडा नम्बर –३ नरैनापुर बस्ने ७ वर्षिया बालिकालाई २०६६ कात्र्तिक २७ गते अन्दाजी राती ९ बजे उनले जबरजस्ती गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा मङ्गलबार गरिएको पत्रकार सम्मेलनमा बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले मुल्तवि र फरार अपराधी पक्राउ गर्ने अभियानलाई तिव्रता दिएसगैं उनलाई पक्राउ गर्न सफल भएको जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय भगवानपुरको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी रानाले जानकारी दिए । पक्राउ गरिएका हेमन्त कुमारलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]