२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

विद्यार्थीको दूर्घटनामा मृत्यू पछि विद्यार्थी लक्षित सवारी चेक जाँचमा कडाइ

Logo
प्रकाशित शनिबार, पुष ०४, २०७७

(सागर थापा)
दाङ। तीनजना विद्यार्थीको सवारी दूर्घटनामा मृत्यु भएपछि दाङमा विद्यार्थी लक्षित सवारी चेकजाँचमा कडाई गरिएको छ । दूर्घटनामा मृत्यु भएका तीन विद्यार्थी कसैसंगपनि सवारी चालक अनुमति पत्र फेला नपरेपछि प्रहरीले बिशेष गरि प्लस टू लक्षित सेवारी चेकजाँचलाई तीव्रता दिएको हो ।

लाइसेन्स विना नै मोटरसाईकल चलाउनेहरु प्रायजसो टिनएजर्स हुने गरेको पाइएपछि विद्यार्थी लक्षित बिशेष अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । मंसिर अन्तिम सातामा लाइसेन्स नभएका तीन विद्यार्थीको लगातार मोटरसाईकल दूर्घटनामा मृत्यु भएको थियो ।

त्यस लगतै मंसिर ३० गतेबाट दाङ प्रहरीले (टिनएजर्स) विद्यार्थी लक्षित चेकजाँच सुरु गरेको डिएसपी खड्काले बताए । यो चार दिनको अवधिमा ३४ जना कारवाहीमा परेका छन् । तुलसीपुर र घोराहीमा गरि २७ जना मोटरसाईकल चालक र ७ वटा स्कूटर चालकलाई कारवाही गरिएको डिएसपी खड्काले जानकारी दिए ।

त्यसरी नियन्त्रणमा लिइएका मोटरसाईकल चालक र उनका अभिभावकलाई कार्यालयमा बोलाएर प्रहरी अधिकारी तथा ट्राफिक प्रहरीले कक्षा दिने गरिएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालयमा ३४ जना विना लाइसेन्स सवारी चलाउनेहरु र उनीहरुका अभिभावकलाई संगै राखेर प्हरीले कक्षा लिएको छ । त्यसपछि उनीहरुलाई फेरि यस्तो गल्ति नदोह¥याउने प्रतिबद्धता गराई, आर्थिक जरिवाना गरेर मात्रै छोडिएको डिएसपी खड्काले बताए ।

अभिभाबकलाई लाइसेन्स नपाउँदै किन छोरा छोरीलाई मोटरसाईकल÷स्कूटी किनिदिएको भन्ने प्रश्न प्रहरी अधिकारीहरुले सोध्ने गरेका छन् । लाइसेन्स नपाउँदै सवारी चलाउँदा हुन सक्ने जोखिम तथा कारवाहीको बारेमा अवगत गराएपछि धेरैले अब आफ्ना छोरा छोरीले लाइसेन्स पाएपछि मात्रै चलाउन दिने प्रतिबद्धता जाहेर गरेको प्रहरी अधिकारीले बताएका छन् । सञ्तानको रहर पुरा गर्ने नाममा उनीहरुको जीवन नै जोखिममा पार्ने काम अभिभावकले गर्न नुहुने डिएसपी खड्काले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!