०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

सुरक्षा प्रमुखलाई बोलाएर प्रधानमन्त्रीले दिए निर्देशन

Logo
प्रकाशित आइतबार, पुष ०५, २०७७

 

(ABC Sanchar)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुका साथै सुरक्षा व्यवस्था कडा पार्न निर्देशन समेत दिएका छन्।

संसद विघटन गरेपछि ओलीले आज दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका हुन।

प्रधानमन्त्री ओलीले बदलिँएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

छलफलमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी प्रमुखका साथै गृहमन्त्री, अर्थमन्त्री लगायत उपस्थित थिए।

ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा चुनौतीको विषयमा छलफल गरेका हुन्।

ओलीले संसद विघटन गरेपछि मुलुकका विभिन्न स्थानमा आन्दोलन र विरोध सुरु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

error: Content is protected !!