०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

सेनाको मुख्यालयले हाई अर्लटमा रहन सैनिकहरुलाई निर्देशन दियो

Logo
प्रकाशित आइतबार, पुष ०५, २०७७

(ABC Sanchar)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गरेपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे सुक्ष्म निगरानी राख्दै अर्लटनमा रहन निर्देशन दिइएको छ।

आइतबार सैनिक मुख्यालयमा उच्च सैनिक अधिकृतहरूको बैठकमा संसद विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल भएको हो।

स्रोतका अनुसार संसद विघटनपछि देशमा हुलदंगा हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा अवस्थाबारे हाई अलर्टमा बस्न मुख्यालयले निर्देशन दिएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले पीएसओ बैठक नियमित भएको त्यसमा ‘सधैँजस्तै देशको पछिल्लो परिस्थितिले प्रवेश पाउन पनि स्वाभाविक’ भएको बताए।

यसैबीच, प्रधानमन्त्री ओलीले छलफलका लागि सुरक्षा परिषद्को बैठक बालुवाटारमा बोलाएका छन्। दिउसो ४ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री, गृहमन्त्री, प्रधानसेनापति र मुख्यसचिव सहभागी हुनेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]