२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

विश्व बैङ्कले साढे ९ अर्ब ऋण दिने नेपाललाई

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७

(ABC Sanchar)
काठमाडौँ । नेपाल सरकार र विश्व बैङ्कबीच ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलता प्रवद्र्धन गर्दै कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानमा सघाउने गरी करिब साढे नौ अर्ब रुपियाँको आयोजना सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैङ्कका तर्फबाट मल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलता प्रवद्र्धन गर्दै कोभिड १९ पछिको आर्थिक पुनरुत्थानलाई अभिवृद्धि गर्ने आयोजनाको मुख्य लक्ष्य रहेको जनाइएको छ ।
यो आयोजना प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्य आर्थिक करिडोरमा कार्यान्वयन हुने जनाइएको छ । यस्तै प्रदेश र स्थानीय सरकार, मध्यस्थकर्ता संस्था तथा साना र मझौला कृषि उद्यमीसँग सहकार्य गर्दै कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्न र उद्यमशीलता इकोसिस्टमको सुदृढीकरणमा काम गर्ने बताइएको छ ।
त्यसैगरी ग्रामीण उत्पादक समूहहरू र निजी क्षेत्रका क्रेताहरूबीच उत्पादनशील साझेदारीको सहजीकरण गर्दै रोजगारी सिर्जना गर्ने पनि औँल्याइएको छ । हस्ताक्षर समारोहमा सचिव ढुङ्गानाले ग्रामीण उद्यम र साना उत्पादक समूहलाई बजार र संस्थागत खरिदकर्तासम्म जोड्ने भएकाले कृषि क्षेत्र र बजारको दिगो सम्बन्ध मजबुत बनाउने उल्लेख गर्नुभयो । यस आयोजनाले पालिका तहका कृषि केन्द्रहरू र कृषि उत्पादनको मूल्य शृङ्खला पूर्वाधार विकासमा लगानी गर्नेछ । यसका कारण कोभिड–१९ बाट प्रभावित कृषि क्षेत्रको पुनरुत्थानमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । जर्भोसले आयोजनाले नेपालको कृषि क्षेत्रको रूपान्तरण गर्न र अर्थिक पुनरुत्थानलाई गति दिन एउटा विशेष अवसर जुराएको बताउनुभयो ।
विभिन्न साझेदारसँगको सहकार्यबाट कफी, चिया, फलफूल, औषधिजन्य उत्पादन जस्ता विशिष्ट नेपाली कृषिउपज विश्व बजारमा पु¥याउने बाटो खोल्ने बताउनुभएको थियो ।
यसैबीच अर्थमन्त्री विष्णुप्रसाद पौडेल र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसबीच भेटवार्ता भएको छ । सो अवसरमा सहायता परिचालन बढाएर जाने, पाइपलाइनमा रहेका आयोजनालाई छिटो अघि बढाउनेलगायतका विषयमा छलफल भएको जनाइएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!