११ बैशाख २०८१, मंगलबार
23-04-2024 , Tue
×

विश्व बैङ्कले साढे ९ अर्ब ऋण दिने नेपाललाई

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७

(ABC Sanchar)
काठमाडौँ । नेपाल सरकार र विश्व बैङ्कबीच ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलता प्रवद्र्धन गर्दै कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानमा सघाउने गरी करिब साढे नौ अर्ब रुपियाँको आयोजना सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैङ्कका तर्फबाट मल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलता प्रवद्र्धन गर्दै कोभिड १९ पछिको आर्थिक पुनरुत्थानलाई अभिवृद्धि गर्ने आयोजनाको मुख्य लक्ष्य रहेको जनाइएको छ ।
यो आयोजना प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्य आर्थिक करिडोरमा कार्यान्वयन हुने जनाइएको छ । यस्तै प्रदेश र स्थानीय सरकार, मध्यस्थकर्ता संस्था तथा साना र मझौला कृषि उद्यमीसँग सहकार्य गर्दै कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्न र उद्यमशीलता इकोसिस्टमको सुदृढीकरणमा काम गर्ने बताइएको छ ।
त्यसैगरी ग्रामीण उत्पादक समूहहरू र निजी क्षेत्रका क्रेताहरूबीच उत्पादनशील साझेदारीको सहजीकरण गर्दै रोजगारी सिर्जना गर्ने पनि औँल्याइएको छ । हस्ताक्षर समारोहमा सचिव ढुङ्गानाले ग्रामीण उद्यम र साना उत्पादक समूहलाई बजार र संस्थागत खरिदकर्तासम्म जोड्ने भएकाले कृषि क्षेत्र र बजारको दिगो सम्बन्ध मजबुत बनाउने उल्लेख गर्नुभयो । यस आयोजनाले पालिका तहका कृषि केन्द्रहरू र कृषि उत्पादनको मूल्य शृङ्खला पूर्वाधार विकासमा लगानी गर्नेछ । यसका कारण कोभिड–१९ बाट प्रभावित कृषि क्षेत्रको पुनरुत्थानमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । जर्भोसले आयोजनाले नेपालको कृषि क्षेत्रको रूपान्तरण गर्न र अर्थिक पुनरुत्थानलाई गति दिन एउटा विशेष अवसर जुराएको बताउनुभयो ।
विभिन्न साझेदारसँगको सहकार्यबाट कफी, चिया, फलफूल, औषधिजन्य उत्पादन जस्ता विशिष्ट नेपाली कृषिउपज विश्व बजारमा पु¥याउने बाटो खोल्ने बताउनुभएको थियो ।
यसैबीच अर्थमन्त्री विष्णुप्रसाद पौडेल र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसबीच भेटवार्ता भएको छ । सो अवसरमा सहायता परिचालन बढाएर जाने, पाइपलाइनमा रहेका आयोजनालाई छिटो अघि बढाउनेलगायतका विषयमा छलफल भएको जनाइएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]