प्रकशित मिति : १५ माघ २०७७, बिहीबार १८:०१

 

ABC (क्राईमबिट)
काठमाडौं । बाँकेमा राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक प्रविण थापा मगरको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाँके नेपालगंज उप-महानगरपालिका-६, फुल्टेक्रा बस्ने १८ वर्षीय बिवेक परियार रहेका छन् ।

यहि माघ २ गते बिहान नेपालगञ्ज उपमहानगरपालिका-१८ मा बस्ने २७ वर्षीय प्रविणको शव टाउको र अनुहारमा चोट लागेको अवस्थामा फेला परेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले प्रविणको हत्या गरी फरार रहेका परियारलाई भक्तपुर चाँगुनारायण नगरपालिका-९ मा लुकिछिपी रहेको अवस्थामा बिहिबार पक्राउ गरेको हो ।

पक्राउ परेका परियारलाई आजै आवश्यक अनुसन्धान गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2023 AbcSanchar.com