२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

राष्ट्रिय अनुसन्धान बाँकेका सहायक सूचकको हत्या गर्ने व्यक्ति पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ १५, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । बाँकेमा राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक प्रविण थापा मगरको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाँके नेपालगंज उप-महानगरपालिका-६, फुल्टेक्रा बस्ने १८ वर्षीय बिवेक परियार रहेका छन् ।

यहि माघ २ गते बिहान नेपालगञ्ज उपमहानगरपालिका-१८ मा बस्ने २७ वर्षीय प्रविणको शव टाउको र अनुहारमा चोट लागेको अवस्थामा फेला परेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले प्रविणको हत्या गरी फरार रहेका परियारलाई भक्तपुर चाँगुनारायण नगरपालिका-९ मा लुकिछिपी रहेको अवस्थामा बिहिबार पक्राउ गरेको हो ।

पक्राउ परेका परियारलाई आजै आवश्यक अनुसन्धान गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!