१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

उखु किसानलाई पैसा थग्ने चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ १५, २०७७

 

(सन्दीप योगी)
काठमाडौं । उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बुधबार साँझ पक्राउ परेका उद्योगी अग्रवाललाई कारबाहीका लागि आज बिहान सर्लाही पठाएको जानकारी दिए।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि उनलाई सर्लाही पठाइएको छ।

उहाँका अनुसार सर्लाहीका उखु किसानले रु १७ करोड दाबी गर्दै अग्रवाललाई पक्राउ गर्न दिएको निवेदनका आधारमा काठमाडौँमा पक्राउ गरेर जिल्ला पठाइएको हो। अग्रवाल सञ्चालक रहेको दुई चिनी मिलले उखु किसानलाई रु आठ करोडभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी छ।

गृह मन्त्रालयको तथ्याङ्कअनुसार सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिलको रु १७ करोड र नवलपरासीमा रहेको इन्दिरा सुगर मिलको रु चार करोड ७० लाख गरी दुई चिनी मिलले रु २१ करोड ७० लाख बक्यौता रकम रहेको थियो । उक्त रकममध्येमा मङ्गलबार साँझसम्म अन्नपूर्णले रु १२ करोड ६३ लाख ७२ हजार र इन्दिराले रु ८३ लाख गरी रु १३ करोड ४६ लाख बक्यौता रकम भुक्तानी गरिसकेको छ।

लामो समयसम्म चिनी उद्योगले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै गत मङ्सिर २८ गतेदेखि उखु किसानले काठमाडौँमा आन्दोलन शुरु गरेका थिए।

आन्दोलनरत उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो। उक्त सहमतिअनुसारको समय माघ ५ गते नै सकिए पनि चिनी उद्योगले अझै उखु किसानलाई सबै बक्यौता रकम भुक्तानी गरेका छैनन्।

यसअघि प्रहरीले बक्यौता रकम भुक्तानी नगरेको भन्दै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई वीरगञ्जबाट प्रक्राउ गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]