१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

माघ २३ गते प्रधानमन्त्रीले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको घोषणा गर्ने !

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

 

ABC Sanchar
काठमाडौं । विभाजित नेकपाको ओली समूहले यही माघ २३ गते नारायणहिटी दरबार अगाडि आमसभा गर्दैछ । सो आमसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु राष्ट्र घोषणा गर्न लागेको विपक्षीहरुले आरोप लगाइरहेका छन् । कतिपयले हिन्दु राष्ट्रको घोषणासँगै राजसंस्था पुनर्स्थापित गर्न लागेको प्रधानमन्त्री ओलीमाथि आरोप लगाइरहेका छन् ।

यस आरोपलाई बल पुग्ने गरी शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बुधबार सामाजिक सञ्जालमा मदन भण्डारीको भाषणको अडिओ क्लिप फेसबुकमा पोष्ट गरेका छन् ।

आमसभाको दुई दिन अघि बुधबार मदन भण्डारीको राजसंस्थासँग सम्बन्धित् अडिओ क्लिपसहित सभाको प्रचारात्मक पोस्टर फेसबुकमा सेयर गरेका हुन् ।

मन्त्री श्रेष्ठले फेसबुकमा पोष्ट गरेको उक्त २५ सेकेन्डको अडियो क्लिपमा मदन भण्डारीले भनेका छन्, ‘मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर भए पनि यदि जनतालाई सर्वशक्तिमान बनाउने, प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने ग्यारेन्टी गरिन्छ भने त्यो ठूलो आपत्तिको कुरा हुनेछैन । किन ठूलो आपत्तिको कुरा हुने छैन, यसकारणले ठूलो आपत्तिको कुरा हुनेछैन किनभने कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ ।’

सो अडिओ क्लिप पोष्ट गरिएसँगै प्रधानमन्त्री ओलीले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको घोषणा गर्न लागेको आशंकालाई थप सशंकित बनाएको छ । यही माघ २३ गते शुक्रबार नारायणहिटी राजदरबार अगाडि गर्न लागेको आमसभाको प्रचार प्रसारका लागि नेता मदन भण्डारीको राजसंस्थासँग सम्बन्धित् अडिओ प्रयोग गरिनुलाई राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ । स्रोत ताजाखबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!