१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

नेकपा विप्लवका नेता धर्मेन्द्र बास्तोला फेरि पनि पक्राउ

Logo
प्रकाशित शनिबार, माघ २४, २०७७

 

ABC Sanchar
काठमाडौं । प्रतिबन्धित (नेकपा) नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई सर्वोच्च अदालतले रिहाइको आदेश दिएपनि प्रहरीले फेरी उनलाई पक्राउ गरेको छ ।

पुस २९ मा प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सिमानाबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई नख्खु स्थित एनसेल मुख्यालय अगाडी गराएको बम विष्फोट तथा ज्यानमुद्धा अगाडि बढाएको थियो ।

धमेन्द्र पत्नी हिमा बास्तोलाले बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि सर्वोच्च अदालतले उनलाई बिहिबार छाड्न आदेश गरेको थियो । सर्वेच्चका रजिष्टार र बारका अध्यक्षको रोहबरमा छुटेका उनलाई प्रहरीले भने छाडेको छैन् ।

बिहिबार पुनः पक्राउ गरेर प्रहरीले उनलाई महानगरीय प्रहरी वृत कमलपोखरीको हिरासतमा थुनेको थियो ।

शुक्रवार जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएपछि प्रहरीले फेरी उनलाई पक्रेको छ । बास्तोलालाई अहिले महानगरीय प्रहरी वृत महाराजगञ्जको हिरातसमा राखिएको छ ।

पुराना मुद्दम बाँकी रहेकाले उनलाई फेरी पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले बताए । उनले भने–‘महाराजगञ्ज क्षेत्रमा भएको विष्फोटको घटमा संलग्नता बारे अनुसन्धान भइरहेको छ ।’

बसुन्धारा स्थित वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा ०७६ फागुन २४ मा भएको विष्फोटको घटनामा बास्तोला संलग्न रहेको प्रहरीको दाबी छ । अदालतबाट उनिविरुद्ध म्याद जारी भएको छ । बास्तोला विप्लव समूहका तेस्रो बरियताका नेता हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!