०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

अपराध महाशाखाले चितुवाको टाउकोसहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, माघ २६, २०७७

ABC क्राईमबिट
काठमाडौं । महानगरपालिका-२२ सुन्धारास्थित काठमाडौं मल अगाडिबाट संरक्षित वन्यजन्तु चितुवाको दाह्रा भएको टाउकोसहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी गाउँपालिका-६ घर भएका २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोसी गाउँपालिका-१२ घर भएका २० वर्षीय सुजन थिङ र १८ वर्षीय किशोर रहेका छन् ।

संरक्षित वन्यजन्तु चितुवाको दाह्रा सहित टाउकाको कारोबार गर्न हिँडिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले तलासी गर्दा बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिँडिरहेको उक्त चितुवाको टाउको फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्‍यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]