२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

रामकुमारी झाँक्रीलाई ७ बर्ष जेल सजाय हुनसक्ने!

Logo
प्रकाशित बिहिबार, माघ २९, २०७७

ABC Sanchar
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो।

यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो।

लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए। झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन्।

प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी हुन्। प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी पक्राउ गरेको हो। सो कसुर गरेको पुष्टि भएमा ७ बर्षसम्म जेल सजाय हुने उल्लेख छ।

झाँक्रीलाई लामो समय जेल हाल्ने नियतले ओली सरकारले सो कसुरको आरोपमा गिफ्तार गरेको टिप्पणी भइरहेको छ।

 

के हो राज्यविरुद्धको कसुर?

नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसारको फौजदारी कसुरहरूको परिच्छेद १ मा राज्यविरुद्धका कसुरबारे उल्लेख गरिएको छ।

दफा ५८ :

राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुनेः (१) कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानुनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन।

(२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “संसद्” भन्नाले नेपालको संविधानबमोजिमको सङ्घीय संसद् र प्रदेशसभा सम्झनुपर्छ र सो शब्दले व्यवस्थापिका-संसद्लाई समेत जनाउँछ।

दफा ५९ः

हदम्यादः (१) दफा ४९, ५०, ५१, ५२, ५३ र५७ अन्तर्गतका कसुरमा जहिलेसुकै पनि उजुर लाग्न सक्नेछ।

(२) उपदफा (१) मा उल्लिखित दफाबाहेक यस परिच्छेद अन्तर्गतका अन्य दफा अन्तर्गतको कसुरमा त्यस्तो कसुर भएको थाहा पाएको मितिले दुई वर्ष नाघेपछि उजुर लाग्नेछैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]