१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

रामकुमारी झाँक्रीलाई ७ बर्ष जेल सजाय हुनसक्ने!

Logo
प्रकाशित बिहिबार, माघ २९, २०७७

ABC Sanchar
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो।

यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो।

लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए। झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन्।

प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी हुन्। प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी पक्राउ गरेको हो। सो कसुर गरेको पुष्टि भएमा ७ बर्षसम्म जेल सजाय हुने उल्लेख छ।

झाँक्रीलाई लामो समय जेल हाल्ने नियतले ओली सरकारले सो कसुरको आरोपमा गिफ्तार गरेको टिप्पणी भइरहेको छ।

 

के हो राज्यविरुद्धको कसुर?

नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसारको फौजदारी कसुरहरूको परिच्छेद १ मा राज्यविरुद्धका कसुरबारे उल्लेख गरिएको छ।

दफा ५८ :

राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुनेः (१) कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानुनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन।

(२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “संसद्” भन्नाले नेपालको संविधानबमोजिमको सङ्घीय संसद् र प्रदेशसभा सम्झनुपर्छ र सो शब्दले व्यवस्थापिका-संसद्लाई समेत जनाउँछ।

दफा ५९ः

हदम्यादः (१) दफा ४९, ५०, ५१, ५२, ५३ र५७ अन्तर्गतका कसुरमा जहिलेसुकै पनि उजुर लाग्न सक्नेछ।

(२) उपदफा (१) मा उल्लिखित दफाबाहेक यस परिच्छेद अन्तर्गतका अन्य दफा अन्तर्गतको कसुरमा त्यस्तो कसुर भएको थाहा पाएको मितिले दुई वर्ष नाघेपछि उजुर लाग्नेछैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!