०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

सिडियोले नागरिकलाई अनावश्यक दुख दिए भारतीय नम्वर गाडीहरु नेपाल आउँछन जान्छन्

Logo
प्रकाशित आइतबार, फाल्गुण ०२, २०७७

 

ABC संचार ब्युरो
बाँके । नयाँ खाले कोरोनाको नेगेटिभ रिर्पोट देखाएमात्रै नेपाल प्रवेश गर्न भनिएको छ । नेपाल—भारत सीमा खोल्ने परिपत्रमा गरिएको जटिलखाले व्यवस्थाले भारतबाट फर्किने नेपालीहरु नेपाल प्रबेशमा समस्या देखिएको छ । परिपत्रमा भारतबाट आउने भारतीय नागरिक र नेपालीहरुको हकमा नयाँ प्रकारको कोरोना भाइरसको रिर्पोट नेगेटिभ देखाएर मात्रै नेपाल प्रवेश गर्न दिने भनिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नाका खोल्ने बारे मन्त्रालयबाट परिपत्र आएको बताए । ‘तर जुन सम्भव देखिरहेको छैन । उक्त व्यवस्थाले नाका खुलेको मान्ने कि नमान्ने बुझ्न गाह्रो छ,’ उनले भने,‘अब बस्ने बैठकले के निर्णय गर्छ त्यही अनुसार गर्छौ ।’ उनले नेपालीहरुलाई भारत जान दिइएको तर सवारी साधनहरुमा पूर्णरुपमा रोक लगाएको जनाए ।

अतिआवश्यक पेट्रोलिय पदार्थ, खाद्यन्न र उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु बोक्ने सवारी साधनहरुलाई भने आउजाउ गर्न दिइएको छ । नेपालगन्जसंग जोडिएको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक सयौ“ सर्वसाधारणहरु किनमेलका लागि पुग्ने गर्छन । सवारीसाधन लैजान रोक लगाइएका कारण वारी बढी भिडभाड हुने गरेको हो ।

सयौं मोटरसाईकलहरु सडकको बीचमा लहरै राखिएको देख्न सकिन्छ । सयौं रिक्साका कारण सडक अवरुद्ध हुने गरेको छ । सिडिओको आदेशमा प्राइभेट नम्वर प्लेटका सवारी साधन भन्सार गरेर नेपालगन्जमा निर्वाध गुडिरहेका छन् । तर पहुँच नभएका सानातिनालाई भने यो सुविधा छैन् । उनीहरु भन्सारमा धाइरहन्छन् तर भन्सारका लागि उनीहरुलाई अनुमति छैन् ।

एकजना प्रशासनकै कर्मचारी भन्छन् सिडिओ सावसँग पहुँच हुनुपर्छ हजुर नत्र कहाँ भारतीय नम्वर प्लेटका प्राइभेट सवारी यसरी गुडाउन पाइन्छ ? भन्सारका लागि सिडिओ कार्यालयले पत्र लेख्नु पर्छ । पहुँचवालाले पत्र बनाइहाल्छन् । बिहे जन्तीको गाडी र एम्बुलेन्स गाडी समेत आउन जान दिएको छैन तर पहुँँचवालाहरुको गाडि भारत घुमेर आउन्छ ।

भारतको रुपैडिहा बजार पुगेर घराइसी सामान किनेर फर्किन्े गरेका छन् । न नाकामा चेकजाँच हुन्छ न त उनीहरुले नयाँ भाइरसको प्रमाणपत्र पेश गर्नु पर्छ । कोरोनाका नाममा सिडियोले नागरिकलाई अनावश्यक दुख दिएका छन् । भारतीय नम्वर प्लेटका सवारीसाधन नेपालमा निर्वाध आउन दिने तर एसएसवीले भने नेपाली गाडी जान दिदैन् ।

उता गाडी जान नदिने उनीहरुका गाडी किन आउन दिने स्थानीयबासीहरु प्रश्न गर्छन् बाँके सिडियो निकम्वा भए । भारतीय गाडी सिडियोको आदेशमा निर्वाध आउँछन् । तर नेपाली गाडी रुपैडिया जान पाउँनन् । गाडीबाट कोरोना सर्ने भए दैनिक खाद्यान्न बोकेका सवारी साधन भारतबाट किन आउन दिने ? सर्वसाधरणको प्रश्न छ ।

नत्र नेपाली गाडीहरु पनि रुपैडिहा जान रोक्नु भएन् । नाकामा नेपाली गाडी रोक्दा त्यहाँको सुरक्षा व्यवस्थापन नै अस्तव्यस्त भएको छ । भीडभाडका कारण सुरक्षा जोखिम बढेको त्यहाँ खटिएका सुरक्षाकर्मीहरु बताउँछन् । स्रोत अनलाईन खोज खबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]