०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

सिडियोले नागरिकलाई अनावश्यक दुख दिए भारतीय नम्वर गाडीहरु नेपाल आउँछन जान्छन्

Logo
प्रकाशित आइतबार, फाल्गुण ०२, २०७७

 

ABC संचार ब्युरो
बाँके । नयाँ खाले कोरोनाको नेगेटिभ रिर्पोट देखाएमात्रै नेपाल प्रवेश गर्न भनिएको छ । नेपाल—भारत सीमा खोल्ने परिपत्रमा गरिएको जटिलखाले व्यवस्थाले भारतबाट फर्किने नेपालीहरु नेपाल प्रबेशमा समस्या देखिएको छ । परिपत्रमा भारतबाट आउने भारतीय नागरिक र नेपालीहरुको हकमा नयाँ प्रकारको कोरोना भाइरसको रिर्पोट नेगेटिभ देखाएर मात्रै नेपाल प्रवेश गर्न दिने भनिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नाका खोल्ने बारे मन्त्रालयबाट परिपत्र आएको बताए । ‘तर जुन सम्भव देखिरहेको छैन । उक्त व्यवस्थाले नाका खुलेको मान्ने कि नमान्ने बुझ्न गाह्रो छ,’ उनले भने,‘अब बस्ने बैठकले के निर्णय गर्छ त्यही अनुसार गर्छौ ।’ उनले नेपालीहरुलाई भारत जान दिइएको तर सवारी साधनहरुमा पूर्णरुपमा रोक लगाएको जनाए ।

अतिआवश्यक पेट्रोलिय पदार्थ, खाद्यन्न र उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु बोक्ने सवारी साधनहरुलाई भने आउजाउ गर्न दिइएको छ । नेपालगन्जसंग जोडिएको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक सयौ“ सर्वसाधारणहरु किनमेलका लागि पुग्ने गर्छन । सवारीसाधन लैजान रोक लगाइएका कारण वारी बढी भिडभाड हुने गरेको हो ।

सयौं मोटरसाईकलहरु सडकको बीचमा लहरै राखिएको देख्न सकिन्छ । सयौं रिक्साका कारण सडक अवरुद्ध हुने गरेको छ । सिडिओको आदेशमा प्राइभेट नम्वर प्लेटका सवारी साधन भन्सार गरेर नेपालगन्जमा निर्वाध गुडिरहेका छन् । तर पहुँच नभएका सानातिनालाई भने यो सुविधा छैन् । उनीहरु भन्सारमा धाइरहन्छन् तर भन्सारका लागि उनीहरुलाई अनुमति छैन् ।

एकजना प्रशासनकै कर्मचारी भन्छन् सिडिओ सावसँग पहुँच हुनुपर्छ हजुर नत्र कहाँ भारतीय नम्वर प्लेटका प्राइभेट सवारी यसरी गुडाउन पाइन्छ ? भन्सारका लागि सिडिओ कार्यालयले पत्र लेख्नु पर्छ । पहुँचवालाले पत्र बनाइहाल्छन् । बिहे जन्तीको गाडी र एम्बुलेन्स गाडी समेत आउन जान दिएको छैन तर पहुँँचवालाहरुको गाडि भारत घुमेर आउन्छ ।

भारतको रुपैडिहा बजार पुगेर घराइसी सामान किनेर फर्किन्े गरेका छन् । न नाकामा चेकजाँच हुन्छ न त उनीहरुले नयाँ भाइरसको प्रमाणपत्र पेश गर्नु पर्छ । कोरोनाका नाममा सिडियोले नागरिकलाई अनावश्यक दुख दिएका छन् । भारतीय नम्वर प्लेटका सवारीसाधन नेपालमा निर्वाध आउन दिने तर एसएसवीले भने नेपाली गाडी जान दिदैन् ।

उता गाडी जान नदिने उनीहरुका गाडी किन आउन दिने स्थानीयबासीहरु प्रश्न गर्छन् बाँके सिडियो निकम्वा भए । भारतीय गाडी सिडियोको आदेशमा निर्वाध आउँछन् । तर नेपाली गाडी रुपैडिया जान पाउँनन् । गाडीबाट कोरोना सर्ने भए दैनिक खाद्यान्न बोकेका सवारी साधन भारतबाट किन आउन दिने ? सर्वसाधरणको प्रश्न छ ।

नत्र नेपाली गाडीहरु पनि रुपैडिहा जान रोक्नु भएन् । नाकामा नेपाली गाडी रोक्दा त्यहाँको सुरक्षा व्यवस्थापन नै अस्तव्यस्त भएको छ । भीडभाडका कारण सुरक्षा जोखिम बढेको त्यहाँ खटिएका सुरक्षाकर्मीहरु बताउँछन् । स्रोत अनलाईन खोज खबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!