२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

सयौं नेपालीहरुले दुबईमा ८ महिनादेखि तलब पाएनन्

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

ABC Sanchar
काठमाडौं । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई पुगेका सयभन्दा बढी नेपाली बेखर्ची भएका छन् ।

दुबईको सिल्यन ग्रुप अफ कम्पनीले आठ महिनादेखि पारिश्रमिक नदिएपछि बेखर्ची भएको सुर्खेतको गुर्भाकोट ८ मेहलकुनाका रमेश बस्स्यालले बताए । ‘पर्खदा पर्खदै खाठ महिना बित्यो’, उनले भने, ‘जति आग्रह गर्दा पनि कम्पनी मालिकले पारिश्रमिक दिन मान्दैनन् ।’

पारिश्रमिक नपाएपछि उनले युएईस्थित नेपाली दूतावासमा जानकारी दिन खोजे पनि दूतावासका कर्मचारीले सहयोग नगरेको गुनासो गरे ।

‘गुनासो लिएर अबुधाबीस्थित नेपाली राजदूतावासमा पुग्दा कर्मचारीले कोरोना भाइरसको समस्या भन्दै लाइन बस्न दिदैनन्’, उनले भने, ‘युएईबाट सहयोग हुन नसकेपछि काठमाडौंमा रहेको विभिन्न निकायमा सहयोगको याचना गरिरहेका छौं ।’

दुबईबट पटक पटक अबुधाबी जान नसकिने उनी बताउँछन् । पारिश्रमिक नदिएको कम्पनीले कार्यरत अधिकांशको भिसा रद्द गर्दा २०–२० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था आएको पीडितको भनाइ रहेकाे खबर नागरिक दैनिकमा छ ।

मेरो भिसाको अवधि सकिन पनि चार दिन बाँकी छ उनले फोन सम्पर्कमा भने । आठ महिनादेखि पारिश्रमिक नपाउँदा ऋण लिएर गुजारा चलाइरहेको बताए । उनले आफ्नो मासिक पारिश्रमिक दुई हजार दुई दिरा (करिब ७० हजार रुपैयाँ) रहेको बताए ।

सात बर्षदेखि सोही रेष्टुरेन्टमा काम गर्दै आएका बस्याल पछिल्लो समय कोरोना महामारी सुरु हुनुअघि दुबई गएका थिए । ‘अहिलेसम्म काम र पारिश्रमिकमा कुनै समस्या थिएन’ उनले भने, ‘कोरोना महामारीले ठूलो समस्या निम्त्यायो ।’ यस्तो बेला सबै निकायबाट सहयोग नहुने हो भने श्रमिक थप मारमा पर्छन् । आठ महिनामा रेष्टुरेन्ट कहिले खुल्ने र कहिले बन्द हुने गरेको पीडितहरुको भनाइ छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!