२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

सयौं नेपालीहरुले दुबईमा ८ महिनादेखि तलब पाएनन्

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

ABC Sanchar
काठमाडौं । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई पुगेका सयभन्दा बढी नेपाली बेखर्ची भएका छन् ।

दुबईको सिल्यन ग्रुप अफ कम्पनीले आठ महिनादेखि पारिश्रमिक नदिएपछि बेखर्ची भएको सुर्खेतको गुर्भाकोट ८ मेहलकुनाका रमेश बस्स्यालले बताए । ‘पर्खदा पर्खदै खाठ महिना बित्यो’, उनले भने, ‘जति आग्रह गर्दा पनि कम्पनी मालिकले पारिश्रमिक दिन मान्दैनन् ।’

पारिश्रमिक नपाएपछि उनले युएईस्थित नेपाली दूतावासमा जानकारी दिन खोजे पनि दूतावासका कर्मचारीले सहयोग नगरेको गुनासो गरे ।

‘गुनासो लिएर अबुधाबीस्थित नेपाली राजदूतावासमा पुग्दा कर्मचारीले कोरोना भाइरसको समस्या भन्दै लाइन बस्न दिदैनन्’, उनले भने, ‘युएईबाट सहयोग हुन नसकेपछि काठमाडौंमा रहेको विभिन्न निकायमा सहयोगको याचना गरिरहेका छौं ।’

दुबईबट पटक पटक अबुधाबी जान नसकिने उनी बताउँछन् । पारिश्रमिक नदिएको कम्पनीले कार्यरत अधिकांशको भिसा रद्द गर्दा २०–२० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था आएको पीडितको भनाइ रहेकाे खबर नागरिक दैनिकमा छ ।

मेरो भिसाको अवधि सकिन पनि चार दिन बाँकी छ उनले फोन सम्पर्कमा भने । आठ महिनादेखि पारिश्रमिक नपाउँदा ऋण लिएर गुजारा चलाइरहेको बताए । उनले आफ्नो मासिक पारिश्रमिक दुई हजार दुई दिरा (करिब ७० हजार रुपैयाँ) रहेको बताए ।

सात बर्षदेखि सोही रेष्टुरेन्टमा काम गर्दै आएका बस्याल पछिल्लो समय कोरोना महामारी सुरु हुनुअघि दुबई गएका थिए । ‘अहिलेसम्म काम र पारिश्रमिकमा कुनै समस्या थिएन’ उनले भने, ‘कोरोना महामारीले ठूलो समस्या निम्त्यायो ।’ यस्तो बेला सबै निकायबाट सहयोग नहुने हो भने श्रमिक थप मारमा पर्छन् । आठ महिनामा रेष्टुरेन्ट कहिले खुल्ने र कहिले बन्द हुने गरेको पीडितहरुको भनाइ छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!